माल्टामा लिथुनियाका व्यक्तिको नाममा नक्कली नेपाल च्याम्बर अफ कमर्श गठन प्रचारको नेपाली व्यवसयीको आपत्ति

माल्टामा लिथुनियाका व्यक्तिको नाममा नक्कली नेपाल च्याम्बर अफ कमर्श गठन प्रचारको नेपाली व्यवसयीको आपत्ति
www.europenepalikhabar.com २०७७ मंसीर २२, 7-12-2020


युरोपनेपाली खबर, युरोप । नेपाल र माल्टाबीच व्यापार तथा लगानी प्रवर्धन गर्न गर्न भन्दै लिथुनियाका नागरिक टोमस मिकालौकासको नाममा माल्टामा नक्कली नेपाल च्याम्बर अफ कमर्श गठनको गलत प्रचार भएकोमा माल्टामा रहेका नेपाली व्यबसायी र  समुदायले आपत्ति जनाएका छन् ।

माल्टाको नेपाली समुदायलाई गुमराहमा राखेर गलत मनसायले चेम्बर गठन भएको प्रचार गरिएको छ । यस्तो गलत  र शंकास्पद काममा नेपाली दूतावास लन्डन पनि मुछिनु आश्चर्यको विषय भएको छ ।

चेम्बर अफ कमर्सको अध्यक्षमा लिथुनियाका विवादस्पद मेनपावर व्यवसायी टोमस मिकालौकास चयन भएको प्रचार गरिएको छ । उनी नेपाल लगायत दक्षिण एसियामा नागरिकलाई माल्टामा विभिन्न छिद्र र बाटोहरु झिकाएर अन्य युरोपेली मुलुकमा  पठाउने गरेको स्रोतले जनाएको छ ।

युरोपनेपाली खबरले यस सम्बन्धमा निरन्तर फलोअप गर्नेछ र यस सम्बन्धका गलत तथ्यहरुलाई सार्वजनिक गर्दै जानेछौं ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित