ट्रम्पले आफुलाइ विजेता घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा हालेको मुद्दा खारेज

ट्रम्पले आफुलाइ विजेता घोषणा गर्न माग गर्दै सर्वोच्च अदालतमा हालेको मुद्दा   खारेज
युरोपनेपाली खबर २०७७ मंसीर २७, 12-12-2020


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले निर्वाचनमा आफूलाई विजेता घोषणा गर्न मागसहित गरिएको मुद्दा अमेरिकी सर्वोच्च अदालतले खारेज गरिदिएको छ। राष्ट्रपतिमा डेमोक्रेट्स उम्मेद्वार जो बाइडेनले जिते पनि ट्रम्पले निर्वाचनमा धाँधली भएको भन्दै बिभिन्न स्थानमा मुद्दा दायर गरेका थिए। ट्रम्प अभियानले विभिन्न राज्यमा पुन मतगणना गर्नसमेत लगाएका थिए।

मिसिगन, जर्जिया, पेन्सलभानिया र विसकन्सिनका इलेक्ट्रोलहरुलाई मतददान गर्नबाट रोक्न ट्रम्पले मुद्दा दायर गरेका थिए। ती सबै राज्यमा बाइडेनले जितेका छन्। उक्त मुद्दामा १८ राज्यका १०६ जना रिपब्लिकन सांसदहरुको साथ रहेको बीबीसीले जनाएको छ। उक्त मुद्दा टेक्ससमा दर्ता गरिएको थियो। टेक्ससका एटोर्नी जनरलले अन्य राज्यसँग चुनौति दिने अधिकार नभएको भन्दै सर्वोच्च अदालतले उक्त मुद्दालाई खारेज गरिदिएको हो। यसो त ट्रम्पको मुद्दामा कुनै ठोस प्रमाण नभेटिएको अदालतले जनाएको छ।

गत नोभेम्बर ३ मा भएको निर्वाचनमा जो बाइडेनको पक्षमा ३०६ इलेक्ट्रोल कलेज मत प्राप्त भएको थियो भने ट्रम्पको पक्षमा २३२ मात्र मतमात्र। जबकि अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्ट्रोल कलेज आवश्यक हुन्छ।

सोमवार बाइडेनलाई ४६ औं राष्ट्रपतिमा चुन्न इलेक्ट्रोल कलेजहरुले मतदान गर्दैछन्। जनवरी २० मा बाइडेनले ह्वाइट हाउसमा प्रवेश गर्नेछन्।

निर्वाचन आफ्नो पक्षमा नभएपछि राष्ट्रपति ट्रम्पले अनेकौ बखेडा निकाल्ने क्रम जारी राखेको देखिन्छ। उनले कहिले राष्ट्रपतिमा आफ्नो जित भएको दाबी गर्दै आएका छन् भने कहिले निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित