पोर्तुगलमा आजबाट कोरोना विरुद्धको खोप शुरु, पहिलो पटक स्वरुप बदलेको नयाँ कोरोना पनि भेटियो

पोर्तुगलमा आजबाट कोरोना विरुद्धको खोप शुरु, पहिलो पटक स्वरुप बदलेको नयाँ कोरोना पनि भेटियो
युरोपनेपाली खबर २०७७ पुष १२, 27 -12-2020


युरोपनेपाली, खबर लिस्बन, पोर्तुगल । पोर्तुगलमा आजबाट पहिलो पटक कोरोना बिरुद्धको खोप लगाइएको छ। 

साओ -जोआओ हस्पिटल पोर्तोका रोग नियन्त्रण शाखाका निर्देशक ६५ वर्षिय आन्तोनियो सर्मेन्तोले लगाएका थिए भने उक्त कोरोना विरुद्धको पहिलो फाइजर भ्याक्सिन सोही हस्पिटलकि एक कार्यरत नर्स आना इजाबेल रिबेइरोले स्वास्थ्यमन्त्री मार्ता तेमिदोको उपस्थितिमा दिएकि थिइन् । शनिबार पहिलो चरणमा करीब ३ लाख डोज भ्याक्सिन पोर्चुगल आइपुगेको हो।

यहाँको राष्ट्रिय पत्रिका "कोरियो दा मान्या" मा जनाए अनुसार  आज बाट देशका मुख्य प्रभावित क्षेत्र पोर्तो , लिस्बोनको केन्द्र तथा उत्तरि खण्ड, कोईम्ब्रा लगायतका स्थानहरुमा भ्याक्सिन लगाउन शुरु गरिंदै छ। 

पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षा कर्मी ,प्रहरी अधिकृत एबम दिर्घरोगि तथा प्राथमिकताका आधारमा निशुल्क रुपमा उक्त भ्याक्सिन लगाइने भएको हो। करिब १ मिलियन मानिसहरुलाई जनवरी र मार्चको अन्तिम साता सम्ममा र  ५० बर्ष माथीका प्रभावित मानिसहरुलाई करिब ४ लाख  डोज, फेब्रुअरीमा ४,२९,००० र मार्च सम्ममा करिब ४,८७,५०० डोज निशुल्क बितरण गर्ने योजना रहेको बताईएको छ। 

त्यस्तै दोश्रो चरणमा ६५ बर्ष माथीका डाइबिटिज र अन्य दिर्घरोगीहरुलाई लक्षित गरेर करिब १.८ मिलियन मानिसहरुमा भ्याक्सिन दिइने जनाएको छ। साथै तेस्रो चरणमा करिब १०.५ मिलियन जनालाई सो भ्याक्सिन दिइने छ। स्मरण रहोस् पोर्तुगिस सरकारले यस अघि नै करिब २२ मिलियन डोज भ्याक्सिन खरिद प्रक्रियामा यूरोपियन स्वास्थ्य एजेन्सीहरु मार्फत भाक्सिन खरिद सम्झौतामा समेत हस्ताक्षर समेत गरिसकेको छ। 

पहिलो पटक स्वरुप बदलेको नयाँ कोरोना पनि भेटियो 

स्वरुप बदलिएको नयाँ कोरोना भाइरसको पहिलो केस पोर्चुगलमा फेला परेको छ। बेलायतबाट पोर्चुगल आएका एक पर्यटकमा स्वरुप बदलिएको नयाँ कोरोना भाइरस देखापरेको हो।

ति पर्यटक बेलायतबाट पोर्चुगलको मदेइरा आएका थिए। क्षेत्रीय स्वास्थ्य सचिवालयले दिएको जनाकारी आनुसार पोर्चुगलमा फेला परेको स्वरुप बदलिएको नयाँ कोरोना भाइरसको उक्त घटना पहिलो हो। मदेइराको एयरपोर्टमा गरिएको कोरोना परिक्षणमा ति पर्यटकमा स्वरुप बदलिएको नयाँ कोरोना भाइरस पुष्टि भएको हो।

बेलायतमा कोरोना भाइरसले स्वरुप बदलेर संक्रमण तीब्र रुपमा फैलिएपछि बेलायतले कडा लकडाउन गर्यो । नेदरल्यान्ड्स, डेनमार्क, अस्ट्रेलिया र फ्रान्समा समेत उस्तै स्वरूपका भाइरस भेटिएपछि महामारीबाट तंग्रिन संघर्षरत देशहरु चिन्तित छन् । यही कारणले युरोपियन युनियन लगायत संसारका ५० बढी देशहरुले बेलायतबाट आउने यात्रुहरुलाई बन्देज लगाईसकेका छन्।

कोभिड–१९ को नयाँ स्वरुप मानिएको यो भाइरसलाई यसअघिको भन्दा ७० प्रतिशत बढी संक्रामक भनिएको छ ।तर यसले निम्त्याउने असरबारे वैज्ञानिकहरुले केही भनेका छैनन् । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले पनि यसबारे अहिले नै केही भन्नु हतारो हुने बताएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित