विश्वकै सबैभन्दा बढी उमेरकी केन तानाका ११८ बर्षमा प्रवेश

विश्वकै सबैभन्दा बढी उमेरकी केन तानाका ११८ बर्षमा प्रवेश
युरोपनेपाली खबर २०७७ पुष १३, 28 -12-2020


विश्वकै सबैभन्दा बढी उमेरकी जीवित व्यक्ति  जापानकी केन तानाका ११८ बर्षमा प्रवेश गरेकी छिन् । गिनिज विश्व रेकर्डले उनलाई गतबर्ष विश्वकै सबैभन्दा बढी उमेरकी महिलाको रुपमा दर्ज गरेको थियो ।

शनिबार ११८ बर्ष प्रवेश गरेकी उनी सन् १९०३ मा जन्मिएकी हुन् । जुन बर्ष राइट दाजुभाईले विश्वमा उडानका क्षेत्रमा इतिहास कायम गरेका थिए ।

नर्सिंग होममा कर्मचारीहरु र साथीहरुका माझमा उनले जन्मदिन मनाएकी हुन् ।

गतबर्षको मार्च ९ मा गिजिज बुकले तानाका विश्वकै सबैभन्दा बढी उमेरकी जिवित व्यक्ति रहेको भन्दै रेकर्ड दर्ता गराएको थियो । तानाकाले सन् १९२२ मा विवाह गरेकी थिइन् ।

तानाका विहान ६ बजे उठ्ने गरेको जनाइएको छ । त्यसपछि उनले बोर्डगेम ओथेले खेल्ने गर्छिन् । आफ्नो लामो आयुको रहस्य राम्रो खाना र गणितको अभ्यास  तथा अध्ययन रहेको तानाकाले बताएकी छिन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित