कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?

कहाँ हराए चिनियाँ अर्बपति ज्याक मा ?
युरोपनेपाली खबर २०७७ पुष २० सोमबार , 4-01-2021


लिस्बन ।  चिनियाँ अर्बपति ज्याक मा केही महिनादेखि सार्वजनिक रुपमा नदेखिएका कारण हराएको आशंका गरिएको छ ।

याहु न्युजका अनुसार अलिबाबाका संस्थापकसमेत रहेका मा करिब २ महिनादेखि सार्वजनिक रुपमा देखा परेका छैनन् । केही हप्ताअघि सम्पन्न ट्यालेन्ट सो ‘अफ्रिका बिजनेस हिरोज’ मा सहभागी हुने कार्यक्रम तय भए पनि ज्याक मा उपस्थित भएनन् । १५ लाख अमेरिकी डलर पुरस्कार रहेको उक्त सोको निर्णायकमा मा पनि रहने बताइएको थियो । पछि उक्त सोको वेबसाइटबाट उनको नाम र तस्बिर हटाइएको थियो ।

अलिबाबाका प्रवक्ताले त्यतिबेला माले व्यस्त तालिकाका कारण निणार्यकमा सहभागिता जनाउन नसकेको बताएका थिए ।

गत अक्टोबर २४ मा सांघाईमा दिएको एउटा ‘विवादित’ अभिव्यक्तिपछि माको व्यावसायिक एन्ट ग्रुप चिनियाँ नियमनकारी निकायको निगरानीमा रहेको बताइएको छ । उनले भनेका थिए, ‘अहिलेको अर्थ व्यवस्था औद्योगिक युगको लिगेसी हो । हामीले नयाँ पुस्ता र युवाहरुका लागि नयाँ व्यवस्था खडा गर्नुपर्छ । हामीले वर्तमान प्रणालीमा सुधार ल्याउनुपर्छ ।’

गत डिसेम्बरमा चिनियाँ अधिकारीहरुले एन्ट ग्रुपमाथि एकाधिकारविरुद्धको अनुसन्धान गर्दै कम्पनीलाई पुन:संरचना गर्न निर्देशन दिएको थियो । माले कोरोना महामारीका बीच युरोप, अमेरिका र विश्व स्वास्थ्य (डब्लूएचओ) लाई मास्कलगायतका विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेका थिए ।

सामाजिक सञ्जालमा अपडेट भइरहने माले अक्टोबर १० यता ट्वीट पनि गरेका छैनन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित