सन २०२० मा विश्वका १० सर्वाधिक सुखी र खुसी देशहरु सबै युरोपका

सन २०२० मा विश्वका १० सर्वाधिक सुखी र खुसी देशहरु सबै युरोपका
युरोपनेपाली खबर 6 january 2021


द्रोण रिजाल, नेदरल्यान्ड्स । २०२० को विश्व खुशी रिपोर्टमा नेदरल्याण्ड्स अधिल्लो सर्वेक्षणमा पाचौ श्रेणीबाट एक श्रेणी तल खसेर छैटौ श्रेणिमा परेको छ । तरपनी जर्मनी, बेल्जियम र बेलायतलाई पराजित गर्दै शीर्ष १० मा स्थान पर्न सफल भएको छ । 

 विश्व सुखी रिपोर्ट २०२० मा आफ्ना नागरिकहरूले आफूलाई कत्ति खुसी भएको महसुस गरेका छन भन्ने सर्वेक्षण अनुसार विश्वभर १५६ देशहरु सहभागी थिए । २०२० को रिपोर्टको आठौं संस्करणमा “खुशीका वातावरणहरू” भन्ने विषयवस्तु राखिएको थियो । यसमा २०१७, २०१८ र २०१९ को सर्वेक्षणको डेटालाई निर्णायक श्रेणीमा राखिएको थियो ।

 खुशीमा प्रभाब पार्ने कारणहरु प्रति व्यक्ति कुल घरेलू उत्पादन,आयु, संभाव्यता, उदारता, सामाजिक समर्थन, स्वतन्त्रता र भ्रष्टाचार सर्वेक्षण परिणामहरू प्रयोग गरेर त्यसलाई एक देखी दशौ श्रेणीमा रेङ्किङ्ग गर्न विभिन्न विषय बस्तुहरु राखिएको थियो । 

 सन २०२० को रिपोर्ट अनुसार, संसारका १० सबैभन्दा शुखी निम्न देशहरू परेका छन । 

 १) फिनल्याण्ड

२) डेनमार्क

३) स्विजरल्याण्ड

४) आइसल्याण्ड

५) नर्वे

६) नेदरल्यान्ड्स

७) स्वीडेन

८) न्युजिल्याण्ड

९) अस्ट्रिया

१०) लक्जमबर्ग

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित