पोर्चुगलमा मिराको मेहनत : लिस्वन हेयर एन्ड ब्युटीको सफलता र प्रशंसनीय कार्य

पोर्चुगलमा मिराको मेहनत : लिस्वन हेयर एन्ड ब्युटीको  सफलता र प्रशंसनीय कार्य
युरोपनेपाली खबर २०७७ पुष २४ शुक्रवार, 8-01-2021

युरोपनेपाली खबर डटकम ।

शान्ति अर्याल अधिकारी, लिस्बन, पोर्चुगल । पोर्चुगलको लिस्वनमा संचालित "लिस्बन हेयर एन्ड ब्युटी"(Lisbon Hair & Beauty, Rua Baraao de sabrosa 311A, 1900-091, Lisboa) नामक ब्युटिपार्लरले नेपाली महिला दिदीबहिनीहरुलाइ  नि:शुल्क सिप प्रदान गरी प्रशंसनीय कार्य गरिरहेको छ । नेपाली महिला समाज पोर्चुगलसंगको सहकार्य र  समन्वयमा पार्लरकी संचालिका मिरा कार्कीले  नि:शुल्क प्रशिक्षण दिईरहनुभएको छ ।

कोभिड १९ को कारण बिदेशी भुमिमा बेरोजगारीको समस्या भोगिरहेका महिला दिदीबहिनीहरूलाई केही हदसम्म सहयोग होस भन्ने हेतुले  सम्बन्धित पार्लरसंगको  समन्वयमा पहिलो चरणमा १० जनालाई मात्र  सिप सिक्ने अवसर प्रदान गरिएको महिला समाजकी अध्यक्ष  निर्मला ढकालले बताउनु भयो ।

२०२१ जनवरी ४ तारीखदेखि शुरू भएको तालिम जनवरी ३० सम्म  संचालन हुने छ ।

तालिममा बिशेषगरी थ्रेडिङ, हेयर कटिङ, नेल आर्ट सम्बन्धी सिप सिकाईने छ। प्रशिक्षक तथा  प्रो.मिरा कार्कीले आफुले सिकाएको सिपमा सबै सहभागी लाई दक्ष बनाएरै छोड्ने  प्रण गरेको बताउनु भयो । 

नेपालमा सर्लाही जिल्ला बरहथवा नगरपालिका १ नयाँ बजार घर भएका  कार्की दम्पति बिगत लामो समयदेखि विदेशमा बस्दै आउनु भएको छ ।

नेपालमा हुँदा पार्लरको सामान्य सिप मात्र सिके पनि बिदेशमा उपयोगी हुन सकेन ।  लण्डनमा रहँदा सिप सिक्नको लागि नै ६ महिना अर्कैको  पसलमा नि:शुल्क काम गरिदिएको अनुभब बताउदै प्रो. कार्कीले निरन्तरको मिहिनेतले सफलता मिल्ने रहेछ भन्ने महशुस गरेको बताउनु भयो । श्रीमान सुदीप केसीको सहयोग मा सन् २०११ देखि ५ बर्ष  लण्डनमा  आफ्नै  पार्लर संचालन गरी राम्रै सफलता मिलेको  बताउनु भयो । 

पछिल्लो २ बर्ष देखि पोर्चुगलको लिस्वनमा ब्यबसाय शुरू गरी  तीन ठाउँमा शाखा बिस्तार गर्न सफल भएका छौं तर कोभिडले ब्यबसायमा असर पुग्यो,  केही समय त भाडा बुझाउन समेत मुश्किल पर्यो । फेरि सुचारू गरी सुधार गर्दै छौं, श्रीमान सुदीप केसीले  भन्नु भयो ।  यो भन्दा अगाडि पनि  नेपाली महिलाहरूलाई आफैं सिप सिकाई  रोजगारी समेत प्रदान गरेको  बताउनु भयो ।

कोभिड १९ को कारण अन्य देशहरूमा जस्तै  पोर्चुगलमा पनि ठुला होटल, रेस्टुरेन्ट ब्यबसाय र पर्यटक आवागमनमा ठुलो असर परिरहेको छ  । जसको कारण आप्रवासी नागरिकले मात्र नभई  सम्बन्धित देशका नागरिकले समेत बेरोजगारीको समस्या खेप्नु परेको  छ । पछिल्लो समय चिसो बढेको संगै युरोपेली मुलुकहरूमा पुन: दोश्रो चरणको महामारी फैलिएको  त्रास बढिरहेको छ । यद्यपि खोप लगाउन शुरू गरे पनि यसले कति हदसम्म काम गर्ने भन्ने बिषयमा अझै पनि शंकास्पद नै देखिन्छ । यसर्थ  भै परी आउने समस्या बाट जोगाउन पोर्चुगिज सरकारले पनि विभिन्न किसिमका नियमहरू लागु गरिरहेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित