बाइडेनको सपथग्रहणको दिन वासिंटन डिसीमा २० हजार सेना परिचालन गरिने

बाइडेनको सपथग्रहणको दिन वासिंटन डिसीमा २० हजार सेना परिचालन गरिने
तस्वीर : ह्वाइटहाउस फेसबुक पेज
युरोपनेपाली खबर २०७७ पुष २९ बुधबार, 13-01-2021


नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहणको दिन जनवरी २० मा वासिंटन डिसीमा २० हजार सेना परिचालन गरिने अहिलेसम्म यो स्तरको सुरक्षाबल वासिंटन डिसीमा आएको आफूले अहिलेसम्म नदेखेको डिसीका प्रहरी प्रमुखको भनाई जनवरी ११ देखि २४ सम्म संकटकालको घोषणा खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनको सपथग्रहणको दिन जनवरी २० मा वासिंटन डिसीमा २० हजार सेना परिचालन गरिने भएको छ । शान्ति सुरक्षाको अवस्थालाई मध्यनजर गरेर स्थानीय र संघीय स्तरको सुरक्षा वयवस्था कडा बनाइने भएको हो ।

२० हजार सेना परिचालनको अपेक्षा गरिएपनि अन्तिम संख्या भने सिक्रेट सर्भिसबाट आउन बाँकी रहेको डीसीका प्रहरी प्रमुखले बताएका छन् । संसदको सुरक्षामा खटिने प्रहरीको सहयोगका लागि झण्डै ३० हजार नेशनल गार्डको माग गरिएको थियो ।

अहिलेसम्म यो स्तरको सुरक्षाबल वासिंटन डिसीमा आएको आफूले अहिलेसम्म नदेखेको डिसीका प्रहरी प्रमुखको भनाई छ । वासिंटन डिसीमा सपथग्रहण र त्योभन्दा अगाडिका दिनको सुरक्षा खतरा र प्रदर्शनहरुलाई लिएर चासो निकै बढेको छ ।

बाइडेनको सपथग्रहणमा हिंशा भड्किनसक्ने जोखिमलाई मध्यनजर गरेर वासिंटन डिसीमा संकटकाल घोषणा गरिएको छ भने उक्त संकटकाललाई डोनाल्ड ट्रम्पले स्वीकृति प्रदान गरिसकेका छन् । सपथग्रहणको दिनमा शान्ति सुरक्षाको अवस्थालाई ध्यानमा राखेर ट्रम्पले संकटकालको घोषणा स्वीकृत गरेका हुन् ।

वासिंटन डिसी क्षेत्रमा संकटकालिन अवस्था विद्यमान रहेको र संकटकालिन अवस्थाका कारण वासिंटन डिसीमा संघीय सहायता परिचालनको अनुमति दिइएको हो । जनवरी ११ देखि २४ सम्म संकटकालको घोषणा गरिएको हो ।

वासिंटन डिसीकी मेयरले राष्ट्रपति ट्रम्पलाई पत्र लेखेर संकटकालको घोषणा स्वीकृत गर्न आग्रह गरेकी थिइन् । संकटकालको घोषणापछि बाइडेनको सपथग्रहण समारोहका लागि सुरक्षालाई ध्यानमा राखेर संघीय सरकारबाट अतिरिक्त सहायता प्राप्त हुनेछ ।

जनवरी २४ सम्मका लागि वासिंटन डिसीमा सेनाको सहायता पनि मागिएको छ । नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेनको सपथलाई निशाना बनाएर अमेरिकामा ५० राज्यमा सशस्त्र प्रदर्शनको तयारी भइरहेको एफबीआईएले जनाएको छ ।

वासिंटन डिसीमा रहेको क्यापिटल हिल र ५० वटै राज्यमा रहेका संसद भवनमा १६ जनवरीदेखि २० जनवरीसम्म प्रदर्शनको तयारी भइरहेको एफबीआईएको बुलेटिनमा उल्लेख गरिएको हो ।

डोनाल्ड ट्रम्पलाई जनवरी २० भन्दा अगाडि नै २५ औं ससोधन लगाएर हटाइएको खण्डमा सशस्त्र प्रदर्शन अझ बढाउने तयारी भएको एफबीआईएको बुलेटिनमा उल्लेख छ । प्रतिनिधिसभाले ट्रम्पलाई २५ औं संसोधन लगाएर हटाउन उपराष्ट्रपति माइक पेन्सलाई आग्रह गर्ने प्रस्ताव पारित गरिसकेको छ ।

सपथग्रहण अगाडि नवनिर्वाचित राष्ट्रपति जो बाइडेनलाई क्षति गर्ने खालका धम्की र जोखिमहरुको पनि अवलोकन गरिरहेको एफबीआईएले जनाएको छ । साथै केही रिपोर्टहरु नवनिर्वाचित उपराष्ट्रपति कमला ह्यारिस र हाउस स्पीकर न्यान्सी पेलोसीलाई नोक्सान गर्ने खालका समेत रहेको जनाइएको छ ।

प्रदर्शनकारीहरुले अन्य सरकारी भवनमा क्षति पुर्याउने योजना समेत बनाएको जनाइएको छ । खासगरी जनवरी २० लाई लक्ष्यीत गरेर सबै राज्यहरुमा सुरक्षा व्यवस्था कडा बनाइदै गएपनि सबै राज्यमा प्रदर्शन हुने अपेक्षा भने गरिएको छैन ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित