बुधबार यस्तो तामझामका साथ ह्वाइटहाउस प्रवेश गर्दैछन् नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस

बुधबार यस्तो तामझामका साथ ह्वाइटहाउस प्रवेश गर्दैछन् नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिस
तस्वीर : जो वाइडेन फेसबुक पेज
युरोपनेपाली खबर २०७७ माघ ५ सोमबार, 18-01-2021


जनवरी २० को मध्यान्हपछि नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पद तथा गोपनियताको सपथग्रहण गर्ने कार्यक्रम रहेको छ । त्यसका लागि विशेष समारोहको आयोजना गरिएको छ ।

वासिंटन डिसीमा रहेको अमेरिकी संसद भवन क्यापिटल हिलको पश्चिम तर्फको अग्रभागमा सपथग्रहण कार्यक्रम राखिएको छ । सन् १९८१ मा अमेरिकी राष्ट्रपति रोनाल्ड रेगनले यही सपथ लिएका थिए । त्यसपछि हरेक राष्ट्रपतिले यही स्थानमा सपथग्रहण गर्दै आएका छन् ।

विगतका सपथग्रहणमा सांसदले आफ्ना क्षेत्रमा वितरणका लागि झण्डै २ लाख टिकट प्राप्त गर्थे । तर यसपटक कोरोनाको महामारीका कारण जम्मा ३ हजारको हाराहारीमा टिकटसहितका व्यक्तिलाईमात्र क्यापिटल ग्राउण्डमा अनुमति दिइने जनाइएको छ । तर सपथग्रहण समारोहमा उपस्थीत हुन नसकेकाहरुको प्रतिनिधित्वको रुपमा झण्डै २ लाख झण्डाहरु फहराइने भएको छ ।

सपथग्रहण समारोहमा अमेरिकी सेनाको ब्याण्डले परम्परागत धुन बजाउनेछ । राष्ट्रपतिका रुपमा जो बाइडेनले सर्वोच्च अदालतका प्रधान न्यायाधिस जोन रोबर्टस्बाट सपथ लिनेछन् । बाइडेनले बाइबललाई साक्षी राखेर सपथ लिनेछन् । आफूले सिनेटर र उपराष्ट्रपतिका रुपमा सपथ लिंदा प्रयोग गरेको बाइबल नै बाइडेनले साक्षी राख्नेछन् ।


उपराष्ट्रपतिका रुपमा कमला ह्यारिसले सर्वोच्च अदालतकी न्यायाधिस सोनिया सोटोमेयरबाट सपथ लिने कार्यक्रम रहेको छ । उनले दुईवटा बाइबललाई साक्षी राखेर सपथ लिनेछिन् ।

सपथग्रहणमा जो बाइडेनले भन्नेछन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले बफादारिताका साथ अमेरिकाको राष्ट्रपतिको कार्यालय संचालन गर्नेछु । आफ्नो क्षमताको उत्तम उपयोग गर्नेछु । अमेरिकाको संविधानको रक्षा, संरक्षण र प्रतिरक्षा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

सपथग्रहणमा कमला ह्यारिसले भन्नेछिन् – ‘म सम्पूर्ण रुपमा सपथ लिन्छु कि मैले सबै घरेलु र विदेशी शत्रुका बिरुद्ध अमेरिकाको संविधानको प्रतिरक्षा र समर्थन गर्नेछु । म त्यही कुराको लागि सत्य विश्वास र बफादार रहनेछु । कुनै जालसाजीको उद्देश्य वा मानसिक दुर्भाव विना नै म स्वतन्त्र रुपमा यो दायित्व लिन्छु । म जहाँ प्रवेश गर्न लागेको छु, त्यो कार्यालयको कर्तब्य मैले राम्ररी र इमान्दारिताका साथ पूरा गर्नेछु । त्यसैले मलाई मद्दत गर्नुहोस् भगवान ।’

सपथग्रहण समारोहमा पदावधी सकिदै गरेका उपराष्ट्रपति माइक पेन्स उपस्थीत हुने भएका छन् । साथै पूर्व अमेरिकी राष्ट्रपतिहरु बिल क्लिन्टन, जर्ज डब्ल्यु बुस र बराक ओबामा पनि उपस्थीत हुनेछन् । यात्रा गर्न नसकेका कारण ९६ बर्षका पूर्व राष्ट्रपति जिम्मी कार्टर भने सपथग्रहण समारोहमा उपस्थीत नहुने भएका छन् ।

सपथग्रहण समारोहमा चर्चित कलाकारहरु लेडी गागा, जेनिफर लोपेज लगायतको प्रस्तुती रहनेछ । लेडी गागाले राष्ट्रिय गान गाउनेछिन् भने जेनिफर लोपेजले सांगितिक प्रस्तुतीकै क्रममा गाउनेछिन् । सपथग्रहणको दिनमा जोन बोन जोभी, डेमी लोभाटो, जस्टिन टिम्बरलेक लगायतको प्रस्तुती रहनेछ ।

सपथग्रहणपछि बाइडेनले २१ तोपको सलामी प्राप्त गर्नेछन् । त्यसपछि उनले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि बाइडेन र ह्यारिसले उनीहरुका दम्पत्तिसहित संसद भवनको पूर्वतिरको अग्रभागमा सेनाको विशेष परेड अवलोकन गर्नेछन् । परम्परागत रुपमा यो परेड भन्दा अगाडि नयाँ राष्ट्रपतिले पूर्व राष्ट्रपतिलाई सेनाको हेलिकोप्टरसम्म बिदाई गर्ने परम्परा रहेको छ । तर यसपटक डोनाल्ड ट्रम्पले सपथग्रहणमा समारोहमा उपस्थीत नभई त्यो अगाडि नै ह्वाइट हाउस छाड्ने भएका छन् ।

संसदभवनको पूर्वी अग्रभागको परेड अवलोकनपछि राष्ट्रपति बाइडेन, उपराष्ट्रपति ह्यारिस लगायत आर्लिंगटनमा रहेको नेशनल सिमेट्रीमा जानेछन् । त्यहाँ उनीहरुले अज्ञात सिपाहीहरुको प्रतिमामा माल्यार्पण गर्ने कार्यक्रम रहेको छ । पूर्व अमेरिकी राष्ट्रपतिहरु क्लीन्टन, बुस र ओबामा पनि त्यहाँ जानेछन् ।

त्यसपछि राष्ट्रपतिलाई १५ स्ट्रीटबाट ह्वाइटहाउससम्म विशेष इस्कर्टिंगका साथ लगिनेछ । त्यहाँ अमेरिकी सेनाका हरेक शाखाको सहभागिता रहने छ । यसरी ह्वाइटहाउस प्रवेश गर्दैगर्दा अमेरिकाभर विशेष भर्चुअल परेडको आयोजना गरिएको छ ।

राती साढे ८ बजे ९० मिनेटको विशेष उत्सवको आयोजना गरिएको छ । यो कार्यक्रममा जो बाइडेन र कमला ह्यारिसको मन्तव्यको साथमा विभिन्न प्रस्तुतीहरु समेत रहनेछन् । कार्यक्रम अमेरिकाका मुख्य टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्नेछन् ।                                                                     अधिकांश कार्यक्रम भर्चुअल

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले २० जनवरीमा ४६औँ राष्ट्रपतिका रूपमा शपथग्रहण गर्दै छन् । ह्वाइटहाउसले हालै मात्र उनको शपथग्रहण कार्यक्रम कस्तो हुने भन्नेबारे सूचना सार्वजनिक गरेको छ । सूचनाअनुसार यसअघिका राष्ट्रपतिहरूको जस्तो यसपटक शपथग्रहण भड्किलो तथा भव्य हुने छैन । कार्यक्रममा बढीमा १२ सयजना मात्रै उपस्थित रहने डेमोक्रेटिक पार्टीले जनाएको छ । 

७०–८० प्रतिशत कार्यक्रम भर्चुअलमा

ह्वाइटहाउस र डेमोक्रेटिक पार्टीको भनाइअनुसार बाइडेनको शपथग्रहण कार्यक्रम ७०–८० प्रतिशत भर्चुअल नै हुनेछ । यसको तयारी सुरु भइसकेको डेमोक्रेटिक पार्टीका सांसद जेम्स क्लिबर्गले बताएका छन् । ‘हामी यसपटक लगभग ८० प्रतिशत शपथग्रहणका कार्यक्रम भर्चुअल माध्यमबाटै गर्छौँ,’ जेम्सले भने । यसअघि बाइडेनले पनि शपथ कार्यक्रम भिन्न हुने बताएका थिए । प्रत्येक राज्यको राजधानीमा फरक–फरक सांस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रममा कोरोना भाइरस महामारीका वेला फ्रन्टलाइनमा रहेर काम गरेका र निधन भएका व्यक्तिहरूको स्मरण गरिनेछ । 

वासिङ्टन पोस्टमा अघिल्लोपटकको शपथग्रहण कार्यक्रममा दुवै सदनका सांसदलाई दुई लाख टिकट वा पास दिएको उल्लेख गरेको छ । जोसँग टिकट वा पास हुन्थ्यो, ती व्यक्ति सहजै शपथग्रहण कार्यक्रममा सहभागी हुन पाउँथे । कोभिड– १९ का कारण यसपटक हरेक सांसदले केवल दुईवटा मात्रै टिकट पाएका छन् । अब शपथका दिन प्रत्येक सांसदले आफूसँगै एक व्यक्ति मात्र पाहुनाका रूपमा ल्याउन सक्छन् । 

स्वास्थ्य प्रोटोकलमा विशेष ध्यान

वालस्ट्रिट जर्नलले शपथग्रहण कार्यक्रममा मुख्य गरी कोभिड– १९ बाट सुरक्षित रहन स्वास्थ्य प्रोटोकललाई विशेष ध्यान दिइएको जनाएको छ । कार्यक्रममा सहभागी पाहुना, पदाधिकारी तथा सांसदहरूले अनिवार्य रूपमा मास्क लगाउनुपर्ने हुन्छ । यसको सबै जिम्मेवारी मेडिकल प्रमुख डाक्टर डेभिड केसलले लिएका छन् । प्र्रत्येक पाहुना स्यानिटाइज हुनुपर्ने, पन्जा लगाउनुपर्ने तथा ज्वारो नाप्नुपर्ने प्रावधान छ । कोभिडबाट सुरक्षित रहन सबै किसिमको प्रोटोकल अपनाइने डा. डेभिडले बताएका छन् । 

औपचारिक परेड भाषण

शपथग्रहण कार्यक्रमपछि राष्ट्रपति तथा उपराष्ट्रपति ‘पास इन रिभ्यु’मा सहभागी हुनेछन् । यो भनेको निकै सानो सैनिक परेडमा राष्ट्रपति तथा उपराष्ट्रपतिले भाग लिनु हो । यसअघिका राष्ट्रपतिको शपथग्रहण कार्यक्रममा सैनिक परेड हुँदा निर्वाचित राष्ट्रपतिले सत्ता हत्तान्तरण शान्तिपूर्ण रूपमा भएको सन्देश दिने प्रचलन थियो । यसपटक बाइडेनले यस्तो कुनै पनि कार्यक्रम सैनिक परेडमा नराखेको न्युयोर्क टाइम्सले जनाएको छ । 

सैनिक परेडपछि राष्ट्रपति बाइडेनले उद्घाटन समारोहमा भाषण गर्नेछन् । भाषणको क्रममा उनले आफूलाई जिताउने सबै समर्थक तथा मतदातालाई धन्यवाद दिनेछन् । साथै उनले आफ्नो कार्यकालमा अमेरिकी जनतासमक्ष सहयोगको अपिल गर्नेछन् । यसपछि बाइडेन क्यापिटल हिलबाट राष्ट्रपति कार्यालय ह्वाइटहाउसमा जानेछन् । 

क्यापिटल हिल र ह्वाइटहाउसबीचको दूरी दुई किलोमिटरको छ । यदि कोरोना भाइरस महामारी नभएको भए यो दुई किलोमिटरभित्र पर्ने सबै सडकका दायाँबायाँ कम्तीमा तीन लाख अमेरिकनले बाइडेन ह्वाइटहाउस जाँदै गरेको दृश्य हेर्न सक्थे । सन् २००९ मा पहिलोपटक राष्ट्रपति हुँदा बाराक ओबामाको शपथग्रहण कार्यक्रम कीर्तिमानले भरिएका थिए । शपथग्रहण कार्यक्रममा २० लाख सर्वसाधारण सहभागी भएका थिए । सन् २०१७ मा डोनाल्ड ट्रम्पले शपथग्रहण गर्दा पनि ६ लाख सहभागी थिए । यसअघि शपथग्रहणकै दिन निवर्तमान राष्ट्रपति तथा फस्र्ट लेडीको सम्मान कार्यक्रम समावेश गरिन्थ्यो । तर, यसपटक राष्ट्रपति ट्रम्प नआउने भएपछि यो कार्यक्रम नहुने भएको छ । 

सुरक्षा व्यवस्था कडा

६ जनवरीमा क्यापिटल हिलमा राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले गरेको हिंसात्मक गतिविधिपछि क्यापिटल हिलदेखि ह्वाइटहाउससम्म सुरक्षा व्यवस्था कडा पारेको वासिङ्टन पोस्टले उल्लेख गरेको छ । साथै त्यस दिन राजधानी वासिङ्टनमा थप विशेष सुरक्षा व्यवस्था हुनेछ । ६ हजार राष्ट्रिय सुरक्षाकर्मीसँग कुल १५ हजार सुरक्षा अधिकारी राजधानी वासिङ्टनको सुरक्षा गस्तीमा खटिनेछन् । 

के गर्न सक्छन् ट्रम्पले शपथग्रहणको दिन

ट्रम्पले निर्वाचनमा पराजित भएलगत्तै आफू शपथग्रहण कार्यक्रम (२० जनवरी) मा उपस्थित नहुने जनाएका थिए । अमेरिकी तथा विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले ट्रम्पले २० जनवरीका दिन सम्भवतः फ्लोरिडामा एक ¥यालीको आयोजना गर्न सक्ने अनुमान गरेका छन् । यदि उनले ¥याली आयोजना गरेनन् भने उनी स्कटल्यान्डमा रहेको निजी गल्फ कोर्समा जान सक्छन् । यो दुईवटै नभए ट्रम्प निजी ७५७ बोइङ विमान लिएर फ्लोरिडास्थित मारएलेगो रिसोर्टमा जाने सम्भावना छ । 

–एजेन्सीहरूको सहयोगमा

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित