म्यानमारमा प्रदर्शनकारीमाथि गोली, कम्तीमा १८ जनाको मृत्यु

म्यानमारमा प्रदर्शनकारीमाथि गोली, कम्तीमा १८ जनाको मृत्यु
युरोपनेपाली खबर २०७७ फागुन १७ सोमबार, 01-03-2021


म्यानमारमा सेनाले शासन हात लिएको विरोधमा प्रदर्शनमा उत्रिएका आन्दोलनकारीमाथि प्रहरीले गोली चलाउदा कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

संयुक्त राष्ट्र संघको मानव अधिकार कार्यालयले म्यानमारको प्रदर्शनमाथिको यो सबैभन्दा ठूलो दमन भएको उल्लेख गरेको छ । म्यानमारको यंगुन, दबेई र मन्डालेमा पनि प्रदर्शनकारीहरु मारिएका छन्, त्यहाँ प्रहरीले गोली र अश्रुग्यास हानेको थियो ।

गत फेबु्रअरी १ मा सेनाले शासन हातमा लिएपछि गत एक हप्तादेखि प्रदर्शन हुँदै आएको थियो । तर शनिबारदेखि प्रहरीले बल प्रयोग गर्न थालेको छ । सामाजिक सञ्जालमा आएका भिडियोमा प्रहरीले गोली चलाएपछि प्रदर्शनकारीहरु भागेको दृश्य देखिन्छ ।

आइतबार यंगुन, मन्डाले र अन्य शहरमा सुरक्षाकर्मीको गोलीका बाबजुद ठूलो संख्यामा प्रदर्शनकारी सडकमा निस्किएका थिए । प्रदर्शनकारीमाथि प्रहरीले रबरको गोली, अश्रुग्यास र गोली नै चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित