मेगन–ह्यारीको अन्तरवार्ता लिएबापत् ओपरा विन्फ्रीलाई कम्तीमा ८१ करोड

मेगन–ह्यारीको अन्तरवार्ता लिएबापत् ओपरा विन्फ्रीलाई कम्तीमा ८१ करोड
तस्वीर : गुगल विकिपिडिया
युरोपनेपाली खबर २०७७ फागुन २८ शुक्रबार, 12-03-2021


बेलायतका राजकुमार ह्यारी र उनकी श्रीमती मेगन मर्कलको एउटा टिभी अन्तरवार्ता संसारभरी चर्चित छ । यसलाई अमेरिकाको टिभी च्यानल सीबीसीमा देखाइएको छ । यो अन्तरवार्तामा ह्यारी र मेगनले बेलायतको शाही परिवारको विषयमा थुप्रै महत्वपूर्ण खुलासा गरेका छन् जसमाथि अन्तरराष्ट्रिय मिडिया र बेलायत–अमेरिकाको राजनीतिक क्षेत्रमा पनि निकै चर्चा भइरहेको छ । तर यो अन्तरवार्ता अर्को एउटा कारण पनि चर्चामा आएको छ । वास्तवमा एउटा रिपोर्टमा दाबी गरिए अनुसार टिभी च्यानल सीबीसीले अन्तरवार्ताका लागि कम्तीमा ७ मिलियन डलर अर्थात् ८१ करोड रुपैयाँ चुकाएका छन् ।

वाल स्ट्रिट जर्नलको एउटा रिपोर्ट अनुसार ह्यारीका र मेगको कुराकानीका लागि सीबीसीले अमेरिकाकी चर्चित कार्यक्रम प्रस्तोतालाई (अन्तरवार्ता प्रसारण गर्नका लागि अधिकारी खरिद गर्नका लागि) ७ मिलियन डलरदेखि ९ मिलियन डलर तिरेका छन् । यद्यपि, ह्यारी र मेगनलाई अन्तरवार्ताका लागि कुनै पैसा दिइएको छैन । वाल स्ट्रिट जर्नलले सम्झौताको जानकारी राख्ने मानिसहरुलाई उद्धृत गर्दै यो रिपोर्ट प्रकाशित गरेको हो ।

६७ वर्षकी ओपरा विनफ्री टक शो होस्ट, कार्यक्रम निर्माता, लेखिका र सामाजिक कार्यकर्ताका लागि परिचित छिन् । फोर्ब्सका अनुसार ओपरा विनफ्री २.७ बिलियन अमेरिकी डलर (३ खर्ब १५ अर्ब रुपैयाँ) की मालिक हुन् । यद्यपि, उनको जन्म एक गरिब परिवारमा भएको थियो र उनको सुरुवाती जीवनमा अत्यधिक संघर्ष थियो ।

ओपरा विनफ्रीसँग ह्यारी र मेगनको दुई घण्टाको कुराकानी आइतबार राती स्थानीय समयानुसार ८ बजे सीबीसी च्यानलमा प्रसारण गरियो । हार्वर्ड बिजेनस स्कूलका इतिहासकार र विनफ्रीसँग थुप्रै स्टडी गर्ने नेन्सी कोएनका अनुसार विनफ्रेले कुनै अर्को स्ट्रिमिङ सर्भिसलाई पनि यो अन्तरवार्ता दिन सक्थिन् जस्तै एप्पल । तर सीबीसीका दर्शक अत्यधिक भएकोले र च्यानल केही हदसम्म गम्भीर पनि हुनुका साथै यसका अनलाइन भ्यूअर पनि धेरै नै भएकाले यसमार्फत् अन्तरवार्ताको पहुँच अत्यधिक हुने भएकोले उनले यहाँ आफ्नो अन्तरवार्ता दिएको बताइन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित