युरोपमा जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति

युरोपमा जोन्सन एन्ड जोन्सन कम्पनीको कोरोना विरुद्धको खोप प्रयोगको अनुमति
युरोपनेपाली खबर २०७७ फागुन २९ शनिबार , 13-03-2021


 लिस्बन, पोर्चुगल । युरोपमा जोन्सन एन्ड जोन्सन कम्पनीले विकास गरेको एक मात्रा लगाए पुग्ने भनिएको कोरोना भाइरस विरुद्धको खोपलाई प्रयोगको अनुमति दिइएको छ ।

विशेषत: गम्भीर बिमारी, अस्पताल भर्ना हुनुपर्ने अवस्थाका विरामीमा पनि यसको प्रभावकारिता ८५ प्रतिशत रहेको कम्पनीको दाबी छ ।

जोन्सन एन्ड जोन्सनका प्रमुख पल स्टोफल्सले खोप वितरण गर्न सजिलो भएको र दुईदेखि आठ डिग्रीमा भण्डार गर्न सकिने भएकोले पनि यो खोप रोजाईमा परेको बताउनुभएको छ । 

युरोपेली युनियनको औषधि नियामक निकाय युरोपियन मेडिसिन्स एजेन्सीले यसअघि फाइजर, मोडेर्ना तथा आस्ट्राजेनेका कम्पनीका खोपलाई अनुमति दिइसकेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित