नेपालले बङ्गलादेशलाई २-१ ले हराउदै जित्याे त्रिदेशीय फुटबल कपकाे उपाधि

नेपालले बङ्गलादेशलाई २-१ ले हराउदै जित्याे त्रिदेशीय फुटबल कपकाे उपाधि
युरोपनेपाली खबर २०७७ चैत १६ सोमबार, 29-03-2021


नेपालले त्रिदेशीय फुटबल कपकाे उपाधि जितेकाे छ । त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे फाइनल खेलमा नेपालले बङ्गलादेशलाई दुई–एक ले हराएकाे हाे ।

नेपालका लागि लागि खेलकाे १८ औँ मिनेटमा सन्जाेक राईले र ४२ औँ मिनेटमा विशाल राईले गाेल गरे ।

पहिलाे हाफमा नेपालले दुई–शून्यकाे अग्रता बनाए पनि दाेस्राे हाफमा बङ्गलादेशले एक गाेल गरेकाे हाे । बङ्गलादेशले खेलकाे ८३ औँ मिनेटमा गाेल फर्काएकाे हाे ।

प्रतियोगिताको विजेताले ५ हजार डलर र उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ। यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय डलर पाउने छन्।

दशरथ रंगशालामा भएको प्रतियोगितामा खेलको १८ औं मिनेटमा नेपालले पहिलो गोल गरेको हो । नेपालका तर्फबाट संजोग राईले पहिलो गोल गरेका हुन् ।

योसँगै नेपालले ९ खेलपछि गोलको खडेरी अन्त्य गरेको छ । यसअघि भएका ८ खेलमा नेपालले कुनै गोल गर्न सकेको थिएन ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित