प्रवासी नेपाली मंच अष्ट्रेलियाको अध्यक्षमा राजन बस्नेत, यस्तो बन्यो कमिटी

प्रवासी नेपाली मंच अष्ट्रेलियाको अध्यक्षमा राजन बस्नेत, यस्तो बन्यो कमिटी
अध्यक्ष बस्नेत
युरोपनेपाली खबर २०७७ चैत २२ आइतबार, 04-04-2021


२०७७ फाल्गुण २३ गते सर्वोच्च आदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र विच भएको पार्टी एकता पछि वनेको नेकपाको  नाम मात्रै नभएर एकता नै नमान्ने राजनितिक रुपमा अभिप्रेरीत फैसला गरे पछि विकसित घटनाक्रमहरु एकाएक सपना जस्तै गरी पुन पार्टी एकिकरण अघि २०७५ जेष्ठ २ गतेको अवस्थामा पुगे । 

नेकपा एकिकृत रहदाको अवस्थामा शृजित पार्टी अन्तरविरोधको कारण घटेका घटनाहरुलाई पनि सवै सपना सम्झेर पुन एकिकरण पुर्वको एमाले एमालेको स्वरुपमा र माओवादी केन्द्र माओवादी केन्द्रकै स्वरुपमा पुगेर त्यहीवाट अगाडी वढनु वान्छनीय थियो। एमालेका सारा नेता कार्यकर्ताले पार्टी अध्यक्ष केपी ओली वाट एउटा विशाल हृदयको प्रदर्शन  हुनेछ भन्ने अपेक्षा गरेका थिए। तर विडम्वना केपी ओली भॅगेराको भन्दा सानो छाती भएको सॅागुरो धेरावन्दी भित्रवाट चल्ने एक प्रतिसोधी सानो चित्त भएको एकांकी नेताको रुपमा देखा परे। उनले फागुन २८ गते कथिक वैठक राखेर केही निर्णय गरेको हवला दिदै पार्टीको एकाधिकार आफुमा निहित रहेको गैर कम्युनिष्ट चरीत्र प्रदर्शन गर्दै अवैधानिक तवरवाट अगाडी वढे पछि पार्टीमा नयॅा परीस्थिती देखा पर्यो।नेकपा एकता अगाडीको अवस्थामा पुग्न भन्दा आफनो मनमौजी चलाउन तिर केपी ओली लागे पछि पार्टी भित्र ओलीको कटु आलोचना भईरहेको छ । फागुन २८ मा गरीएको भनेको निर्णय केपीका केही भारदारहरु मात्र सहभागी निर्णय भएकोले त्यो अवैधानिक छ र त्यो पछाडीका कुनै पनि गतिविधी पार्टीका आधिकारीक होईनन भन्ने आम चासोलाई नजर अन्दाज गर्दै केपी ओली अगाडी वढे पछि त्यसको प्रतिरोधमा पार्टी भित्र समानान्तर कृयाकलाप हुनु स्वभाविकै देखियो।फलस्वरुप पार्टीका विभिन्न जनवर्गीय संगठनहरु केपी ओलीको यस्ता कदमका विपक्षमा धमाधम संगठीत हुन थाले।

यहि क्रममा अदालतको फैसला पछि अष्ट्रेलियामा नेपाली समुदायमा कृयासिल संस्थाहरु प्रवासी नेपाली मंच  र जनप्रगतिशील मंच पनि सोही अनुसार चल्नु पर्ने थियो। तर प्रवासी नेपाली मंचका अध्यक्षले तत्कालिन कमिटीको वैठक वोलाएर स्थितीलाई सहज वनाउन आज सम्म कुनै पहल गर्नको   सट्टा वहुमत पदाधिकारीहरुलाई थाहै नदिई मनोमोजी ढंगले वैठक गरेको हवाला दिदै कमिटीको साख गिराउने अवैधानिक कार्य गरेको र संगठनको हित वमोजिम नचलेको हुनाले मंचका वहुमत पदाधीकारीले त्यसलाई अस्वीकार गर्दै अष्ट्रेलियामा कृयासिल सॅस्था प्रवासी नेपाली मंच अष्ट्रेलिया(ONF)को आधिकारीक कमिटी निम्नानुसार रहेको व्यहोरा समुदायमा जानकारी गराउदै पत्रकार महोदयहरुमा यो सुचना प्रेसित गरी समुदायमा सुसुचित गरी दिनुहुन हार्दीक अनुरोध गर्दछौ।

अध्यक्ष :- राजन कुमार बस्नेत 

उपाध्यक्ष:- माधव शाह

उपाध्यक्ष:- प्रकाश सेढाई

उपाध्यक्ष:- लक्ष्मण श्रेष्ठ

महासचिव:- अच्युत शर्मा

सचिव :- नरेश थापा 

कोषाध्यक्ष:- पुर्ण लामीछाने

प्रवक्ता :- हरेराम चन्द्र राउत

पब्लिक अफिसर :- सी के भुसाल

सदस्यहरु:- 

ध्रुव सुवेदी

कमल देवकोटा

हरिलाल लामिछाने

अग्नीधर भण्डारी

वीरेन्द्र उदास

किशोर कुंवर

राजु मानन्धर 

प्रकाश राया

सुबाश रानाभाट

किरण पौडेल

राज कुमार केसी 

रमेश पौडेल

बिबेक अर्याल

उद्धब खड्का

शंकर धरेल 

तारालाल लामा

दामोदर रावल

रमेश  सोडारी

अवनिश नेपाल

पविता मैनाली 

मनसून राई

हरेराम चन्द्र राउत 

प्रबक्ता

प्रवासी नेपाली मञ्च, अष्ट्रेलिया 

मिति:- ४ अप्रिल २०२१

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित