एनआरएनए यूकेको नेतृत्वमा रोजिनाको ससक्त दावेदारी

एनआरएनए यूकेको  नेतृत्वमा रोजिनाको ससक्त दावेदारी
युरोपनेपाली खबर २०७८ बैशाख ४ शनिबार, 17-04-2021

 

लिस्बन, युरोप । एनआरएनए यूकेको नयां नेतृत्वका लागि आकांक्षीहरु मैदानमा उत्रने क्रम शुरु भएको छ । सदस्यता आवेदन खुलेपछि सम्भावित उम्मेदवारहरु ‘मेम्बरसीप ड्राइभ’ मा लागिसकेका छन् । आगामी नेतृत्वका लागि बलियो दावेदारमा उभिएकी छन् रोजिना प्रधान राई ।

गैरआवसीय नेपाली संघ यूकेकी उपाध्यक्ष तथा संघसंस्था समन्वय विभाग प्रमुख राईले दुई वर्षे कार्यकालमा आफूलाई सामाजिक तथा च्यारिटी क्रियाकलापमा क्रियाशील राखेर पनि अध्यक्ष उम्मेदवारमा अग्रस्थानमा छिन् ।

‘संघमा जिम्मेवारी लिएसंगै मैले केन्द्रदेखि राष्ट्रिय समन्वय समितिमा रहेर संस्थागत कार्यप्रणाली जान्ने बुझ्ने र सामाजिक कार्यमा आफूलाई क्रियाशील गराउन सफल भएं । अग्रजहरुको सुझाव सल्लाह र साथले पनि अध्यक्षको नेतृत्व सम्हाल्न मलाई पूर्ण आत्मविश्वास बढेको छ’, उनले भनिन् ।

कोभिड लगायत अन्य विभिन्न समस्याहरुका बाबजुद पनि राईले आफ्नो कार्यकालमा एनआरएनए यूकेमा महत्वपूर्ण अभिभारा लिइन् । चाहे नागरिकता निरन्तरता सवाल होस्, चाहे पूर्व गोर्खाजहरुको समानताको लडाईं । गैर आवासीय नेपालीको सम्पत्तिको सुरक्षा देखि भारतीय सिमा अतिक्रमण विरुद्ध प्रदर्शन र ज्ञापनपत्र बुझाउने क्रममा पनि रोजिनाले आफूलाई दरिलो उपस्थिति र ऐक्यवद्धता जनाइन् ।

महिला सशक्तिकरण र कोभिडले महिलामा पारेको असर न्यूनीकरणका लागि उनले नजिकबाट काम गरिन् । महिलाहरुले अवसर र अधिकार पाए नीति निर्माण तहमा पुगेर समाज परिवर्तन गर्न सक्छन् भन्ने उनको विश्वास छ ।

उनकै संयोजनमा एनआरएनए यूके र नेपाली समुदायबीच अन्तरसंवाद कार्यक्रम भयो । एनआरएनए यूकेले ‘कोभिड १९’ ले महिलामा पारेको प्रभावबारे एक परिणाममुखी अन्तरक्रिया कार्यक्रम गरेको थियो ।

यस अलवा संघले गरेको ‘सम्पत्तिको सुरक्षा(नागरिकताको निरन्तरता र समानतामा आधारित गोर्खा आन्दोलन’ विषयक कार्यक्रममा पनि रोजिनाले आफ्नो भूमिका महत्वका साथ निभाइन् ।

बेलायतस्थित तीनसय भन्दा बढी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा भएको गैरआवासीय नेपाली संघ ९एनआरएनए० यूके छैटौं काउन्सिल बैठकको संयोजक थिइन् रोजिना । उक्त कार्यक्रम सफल भएपछि त्यसको क्रेडिट रोजिनालाई समेत गएको छ । बेलायतसहित ५ वटा एनसीसी मिलेर गरिएको युवा परिचालनसम्बन्धि कार्यक्रममा पनि उनको विशेष भूमिका थियो ।

एनआरएनका राष्ट्रिय(अन्तरराष्ट्रिय हरेक सभा सम्मेलन, विशेस गरि यूरोपेली सम्मेलनमा उनी सधैं सहभागी भइन् ।

रोजीहिरा फाउण्डेशनकी संस्थापक अध्यक्ष राईले आफ्नो फाउण्डेशनमार्फत धेरै परोपकारी कार्य गरेकी छन् । कोभिड १९ महामारीपछि बेलायती विश्वविद्यालयमा पढ्न आएका नेपाली विद्यार्थी नराम्री प्रभावित भए । कतिलाई खाना, बस्न समेत समस्या भएपछि रोजिनाले एनआरएनए यूकेका तर्फबाट संयोजनकारी भूमिका निर्वाह गरि ति पीडित विद्यार्थीलाई राहत वितरण र आफैंले गास बास प्रवन्ध समेत गरिदिएको उनले बताइन् ।

कोभिड संकटका बेला दुईसय भन्दा बढी विद्यार्थीलाई सहयोग गरेको राई बताउंछिन् । कोभिड कालमा चार जना विधार्थीलाई आफ्नै घरमा राखेर रेखदेख गरिन् । दुस्ख पाएका विधार्थीलाई अहिले पनि काउन्सिलिङ गरिरहेको उनले बताइन् । प्रत्येक ६(६ महिनामा रक्तदान गर्ने उनी ब्लाइन्ड रक्समार्फत दृष्‍टिविहीनहरुलाई पनि सहयोग गरिरहेकी छन्।

हालैमात्र ग्लोस्टरस्थित चर्च डाउन सर्जरीमा ‘कोभिड १९’ भ्याक्सिन दिन खटिएका स्वयंसेवकहरुलाई निशुल्क खाना उपलव्ध गराउने अवसर पाएकोमा गर्व छ उनलाई ।

ह्यूमन राइट्स यूके सदस्य रोजिनाले बेलायत नेपाल सम्बन्ध अभिवृद्धि गर्न आफ्नो हैसियतले भ्याएसम्म पहल गरिरहेको पनि बताइन् ।

रोजीहिरा फाउन्डेशनले खोटाङ जिल्ला खोटेहाङ गाउंपालिका वडा नं। २ कपासे भञ्ज्याङमा रहेका विपन्न २० घरधुरीलाई पनि एक महिना पुग्ने राहत वितरण गरयो ।

सिन्धुपाल्चोकको इचोक गाउंमा भूकम्प पीडितहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गरेर उक्त शिविरबाट झण्डै एकहजार जना लाभान्वित भएको उनले स्मरण गरिन् । उनले श्री राष्ट्रिय माध्यमिक विद्यालयमा उत्कृष्ट विद्यार्थीलाई पठनपाठनमा प्रायोजन गर्दै आएको पनि जनाइन् ।

बेलायतका विभिन्न सामाजिक गतिविधि र च्यारिटीमा संलग्न राईले कयौं व्यवसायमा हात हालेकी छन् । रोजिनालाई व्यवसाय सञ्चालन गर्न आफ्नो श्रीमान हिराधन राईले पनि प्रेरित गरेका छन् । रोजिनाले केही महिनाअघि ‘गोर्खा सनराइज क्यास एण्ड क्यारी’ सञ्चालन गरेकी छन् ।

रेडिङमा ‘द ऐला रेष्टुरेन्ट एण्ड बार’ पनि छ उनको । स्मार्ट ९१ रिक्रुटमेन्ट सर्भिस, ट्रेडिङ र नेपालमा हाइड्रो पावर व्यवसायमा पनि आफूहरु आवद्ध रहेको उनले जनाइन् ।

व्यवसायमार्फत सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि सधैं अग्रसर रहने उनको प्रण छ ।

बेलायतमा भएका विभिन्न सौन्दर्य तथा प्रतिभा उजागर गर्ने कार्यक्रमहरुमा निर्णायकको भूमिका समेत निर्वाह गरेकी उनले नव नारी, टुडेज् वुमनसहित खोटाङ सेवा समाज बेलायत, रावाखोला सेरोफेरो यूके, किरात राइ यायोख्या बेलायत, गुन्यूचोली तथा सांस्कृतिक पोशाक राष्ट्रिय सचेतना अभियानबाट सम्मान पाइसकेकी छन् ।

‘जति सक्छु समाजलाई नै दिन्छु भनेर मैदानमा होमिएकी छु’, उनले भनिन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित