वामदेवको प्रस्ताव पनि ओलीद्वारा अस्वीकार, तर ओलीले राखे स्थायी समितिमा, यस्तो बन्यो स्थायी समिति

वामदेवको प्रस्ताव पनि ओलीद्वारा अस्वीकार, तर ओलीले राखे स्थायी समितिमा, यस्तो बन्यो स्थायी समिति
युरोपनेपाली खबर २०७८ बैशाख १० शुक्रबार, 23-04-2021


काठमाडौ । एकता राष्ट्रिय अभियान सञ्चालन गर्दै आएका एमाले नेता वामदेव गौतमले २८ फागुनको निर्णय फिर्ता लिन गरेको आग्रहलाई अध्यक्ष केपी ओलीले अस्वीकार गरेका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार राति भएको भएको डिनर मिटिङमा गौतमले अवैधानिक बैठकबाट निर्णय भएको भन्दै फिर्ता लिन आग्रह गरेका हुन् । ओलीले पार्टी काममा फर्कन अनुरोध गरेपछि गौतमले २८ फागुनको निर्णय फिर्ता लिन भनेका थिए । तर, ओलीले २८ फागुनका निर्णय फिर्ता नहुने जवाफ दिएका थिए । त्यसपछि गौतम तपाईंसँग आउन सक्दिनँ भन्दै बिदा भएका थिए ।

यसअघि वरिष्ठ नेता माधवकुमार नेपालले पनि ओलीसँगको भेटमा २८ फागुनको निर्णय फिर्ता लिन आग्रह गरेका थिए । नेपालको आग्रहलाई पनि ओलीले अस्वीकार गरेका थिए । ओली र नेपालबीच बुधबार र बिहीबार भेटवार्ता भएको थियो । 

गौतमले प्रेस नोट जारी गर्दै भनेका छन्, ‘पिएमनिवास बालुवाटारमा डिनर मिटिङ भयो । उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो, मैले गत फागुन २८ गते तपाईंले गर्नुभएको अवैधानिक मिटिङका निर्णय फिर्ता लिन अनुरोध गरेँ । उहाँले ती फिर्ता हुँदैनन् भन्नुभयो । त्यसो भए म तपाईंसँग आउन पनि सक्दिनँ भनेर जवाफ दिएँ । डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ ।’

नेकपा एमालेद्वारा स्थायी कमिटी गठन

नेकपा एमालेले स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा जारी दसौं महाधिवशेन आयोजक कमिटी बैठकले स्थायी कमिटी गठन गरेको हो ।

माओवादीबाट आएका नेताहरूलाई समेत समेटेर स्थायी कमिटी गठन गरिएको छ । स्थायी कमिटीमा झलनाथ खनाल-माधवकुमार नेपाल पक्षका नेता भने राखिएका छैनन् ।

एक केन्द्रीय सदस्यका अनुसार स्थायी कमिटी सदस्यमा केपी ओली, वामदेव गौतम, ईश्वर पोखरेल, रामबहादुर थापा , विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवाली, लेखराज भट्ट, टोपबहादुर रायमाझी,सत्यनारायण मण्डल, विष्णु रिमाल, छविलाल विश्वकर्मा, पृथ्वीसुब्बा गुरुङ, रघुवीर महासेठ, केशव बडाल, मणि थापा र पुष्पराज कँडेल रहेका छन् ।

बाँकी सदस्यहरु पछि थप गर्ने निर्णय पनि बैठकले गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित