न्युजिल्यान्डकी कान्छी प्रधानमन्त्री जेसिन्डा बिहे गर्दै

न्युजिल्यान्डकी कान्छी प्रधानमन्त्री जेसिन्डा बिहे गर्दै
तस्वीर : गुगल
युरोपनेपाली खबर २०७८ बैशाख २५ शनिबार, 08-05-2021


न्यूजील्याण्डकी प्रधानमन्त्री जेसिन्डा आर्डनल विवाह बन्धनमा बाँधिने भएकी छन्।

आर्डनले आगामी ग्रीष्म ऋतुमा आफ्ना प्रेमी क्लार्क गेफोर्डसँग विवाह गर्न लागेको बताएकी हुन्। यद्यपि, विवाहको एकीन मिति भने सार्वजनिक गरेकी छैनन्।

जेसिन्डाकी प्रेमी गेफोर्ड एक टेलिभिजन कार्यक्रम प्रस्तोता हुन्। उनीहरू लामो समयदेखि विवाह वन्धनमा नबाधिए पनि सँगै बस्दै आएका थिए।

उनीहरूले गत वर्ष आपसी सहमतीमै छोरी नेभेसमेत जन्माएका थिए। ४० वर्षीय प्रधानमन्त्री जेसिन्डाले सन् २०१९ मा ४४ वर्षे गाईफोर्डसँग विवाहको छिनोफानो गरेकी थिइन्। 

यो जोडीको पहिलो भेट सन् २०१२ मा एउटा पुरस्कार वितरण कार्यक्रममा भएको  थियो। जेसिन्डा सन् २०१७ को जुलाईमा विपक्षी नेताको रूपमा पहिलो दिन क्लार्कको टिभी कार्यक्रममा गएकी थिइन्। त्यहीदेखि उनीहरुबीच माया प्रेम झांगिएको थियो।

२०१९ मा प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि आर्डन न्यूजील्यान्डको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी थिइन्। जेसिन्डाले गर्भवती भएकै बेला न्युजिल्यान्डको प्रधानमन्त्रीको पद सम्हालेकी थिइन्।

यतिबला संसारकै सुरक्षीत देशका रुपमा कोरोना महामारीलाई नियन्त्रणमा राख्न सफल न्युजिल्यान्ड र प्रधानमन्त्री जेसिन्डाको भूमिकाले विश्वभर प्रशंसा पाएको छ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित