११ वर्षको उमेरमा ओबामासँग अन्तरवार्ता लिएका बाल पत्रकारको निधन

११ वर्षको उमेरमा ओबामासँग अन्तरवार्ता लिएका बाल पत्रकारको निधन
युरोपनेपाली खबर २०७८ जेठ २ आइतबार, 16-05-2021


 एजेन्सी । पूर्व राष्ट्रपति बाराक ओबामाको अन्तर्वार्ता लिएका र तत्कालिन समयमा चर्चामा आएका बाल पत्रकारको निधन भएको छ। 

उनले  ११ वर्षको उमेरमा  अगस्त २००९ मा अमेरिकी राष्ट्रपति ओबामासँग १० मिनेट अन्तर्वार्ता लिएका थिए। उनले ओबामा राष्ट्रपति भएको बेला ह्वाइट हाउसमा  अन्तर्वार्ता लिएका थिए। उनको २३ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

गत मे १ का दिन बाल पत्रकार डेमोन वेभरको निधन भएको उनकी दिदीले जानकारी दिएकी छन्। प्राकृतिक कारणले ज्यान गएको बताइए पनि कारण खुलाइएको छैन्।

उनि जर्जियाको अल्बानी स्टेट युनिभर्सिटी मा सञ्चार विषयमा अध्ययरत थिए।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित