नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनकालागि प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिद्वारा आह्वान

नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रयोजनकालागि प्रतिनिधिसभा सदस्यलाई राष्ट्रपतिद्वारा आह्वान
युरोपनेपाली खबर २०७८ जेठ ६ बिहीबार, 20-05-2021


राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि जेठ ७ गते साँझ ५:०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न प्रतिनिधि सभाका सदस्यलाई आह्वान गरेकी छन्।

राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको र राष्ट्रपतिको आधिकारिक वेबसाइटबाट समेत सार्वजिनक गरिएको विज्ञप्तीमा भनिएको छ," नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५:०० बजे सम्म प्रतिनिधि सभामा विश्‍वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिमको प्रतिनिधि सभाका सदस्यलाई आह्वान गर्नुभएको छ ।"

विज्ञप्तिका अनुसार आजै केही समय अघि बसेको मन्त्रिपरिषदको बैठकले त्यस्तो प्रकृया आरम्भ गर्न निर्णय गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिलाई त्यस्तो अनुरोध गरेका थिए।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेका विज्ञप्तिमा भनिएको छ,"नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्ति सम्बन्धी प्रकृया आरम्भ गर्न नेपाल सरकार, मन्त्रिपरिषद्‌बाट मिति २०७८/२/६ मा निर्णय भएको र सो बमोजिम प्रधानमन्त्री नियुक्ति प्रकृया आरम्भ हुन सम्माननीय प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकोले...." आह्वान गरिएको  सूचनामा जनाइएको छ । 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित