यी हुन् विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसद

यी हुन् विपक्षी गठबन्धनको पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसद
युरोपनेपाली खबर २०७८ जेठ ७ शुक्रबार, 21-05-2021


प्रधानमन्त्रीमा दाबी गरेका कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा नेकपा एमालेका २६ सांसदले हस्ताक्षर गरेका छन्।

संविधानको धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि कांग्रेस सभापति देउवाले गरेको दाबीमा २६ जना सांसदले हस्ताक्षर गरेका छन्। २७ जना सांसदको नाम रहे पनि योगेश भट्टराईले हस्ताक्षर गरेका छैनन्।

यसैबीच राजनीतिक दल सम्बन्धी व्यवस्था अनुसार अरू दलको उम्मेदवारलाई त्यसरी समर्थन गर्न नपाइने भएको भन्दै प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीले राष्ट्रपतिलाई पत्र पठाइएर उनीहरूको हस्ताक्षरलाई मान्यता नदिन भनेका छन्।

१ सय ४९ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनका लागि दाबी पेस गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई एमालेका २६ सहित उनको दलका ६१ र माओवादी केन्द्रका ४९ जना सांसदको समर्थनसँगै जनता समाजवादी पार्टीका १२ र नेकपा एमालेका २६ सांसदले समर्थन गरेका छन्।

कांग्रेस संसदीय दलले जारी गरेको विज्ञप्ति अनुसार एमाले माधव कुमार नेपाल समूहका २७ मध्ये २६ सांसदले प्रधानमन्त्रीमा देउवालाई समर्थन गरेका छन्। देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रिय जनमोर्चाले पनि समर्थन गरेको छ। जनमोर्चाबाट दुर्गा पौडेल सांसद छिन्।

उता एमाले अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीमा मागवादी गर्दै बुझाएको पत्रमा जसपाका ३२ जना र एमालेका १२१ जना  सांसदको समर्थन रहेको दाबी गरेका छन्।

यी हुन् देउवाको पक्षमा हस्ताक्षर गरेका एमालेका २६ सांसद


१ झलनाथ खनाल

२ माधव नेपाल

३ पवित्रा निरौला खरेल

४ भीम रावल

५ यज्ञराज सुनुवार

६ घनश्याम भुसाल

७ विरोध खतिवडा

८ कृष्णलाल महर्जन

९ मुकुन्द न्यौपाने

१० जीवनराम श्रेष्ठ

११ नारायण खतिवडा

१२ गणेश पहाडी

१३ गोकर्ण विष्ट

१४ सोमप्रसाद पाण्डे

१५ मेटमणी चौधरी

१६ झपट रावल

१७ भवानी खापुङ

१८ दिपकप्रकाश भट्ट

१९ सुरेन्द्र पाण्डे

२० रामकुमारी झाँक्री

२१ सरला यादव

२२ पुष्पाकुमारी कर्ण

२३ कल्याणी खड्का

२४ निरादेवी जैरु

२५ कलिला खान

२६ लक्ष्मीकुमारी चौधरी

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित