फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

बेइजिङ (रासस÷एएफपी): पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको ग्यारेन्टी गर्न फ्रान्ससँग आग्रह गरेको छ ।  

संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाले हुआवेलाई उनीहरूको फाइभ–जी नेटवर्कबाट प्रतिबन्ध लगाएको छ । त्यस्तै फाइनान्सियल टाइम्सका अनुसार बेलायतले यस महिनामा हुवावेका उपकरणहरू आफ्ना दूरसञ्चार प्रणालीबाट निकाल्ने सम्भावना रहेको छ ।

फ्रान्सको कम्प्युटर प्रणालीको सुरक्षाका लागि राष्ट्रिय निकायले सोमबार बताए अनुसार स्थानीय अपरेटरहरू एसएफआर र बोइगिज टेलिकम, जसले पहिले नै फाइभ–जी उपकरण प्रयोग गर्दैै आएका छन्, का लागि भने फाइभ–जी प्रविधि सञ्चालन गर्न आठ बर्षे इजाजतपत्र जारी गरिनेछ । चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार नियमित पत्रकार भेटमा भन्नुभयो, “फ्रान्सले “निश्चित उद्देश्य र निष्पक्ष दृष्टिकोण राख्नेछ र बजार तथा उद्यमहरुलाई उसको आफ्नै हितका लागि छनौट गर्न सहयोग पु¥याउनेमा बेइजिङ विश्वस्त रहेको छ ।”

उहाँले फ्रान्सलाई चिनियाँ उद्यमहरू लगायत सबै देशका उद्यमहरुलाई खुला, निष्पक्ष, न्यायसङ्गत र गैर भेदभावपूर्ण व्यवसायीक वातावरण प्रदान गर्न व्यावहारिक कदम चाल्न आग्रह गर्नुभयो ।

हुवावेले यूरोपमा खासगरी मुख्यतया स्विडेनको एरिक्सन र फिनल्याण्डको नोकियासँग प्रतिस्पर्धा गर्दै फाइफ–जी प्रविधिका क्षेत्रमा अरबौँ डलर लगानी गरेको छ ।

तर संयुक्त राज्यले चिन्ता व्यक्त गरेको छ कि कम्पनीको प्रविधि चीनले अन्य देशहरूमा ‘ट्रोजन हर्स’को रूपमा प्रयोग गर्न सक्ने भन्दै यस प्रविधिलाई प्रयोग नगर्न आफ्ना सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित