आजबाट सुरु भएको युरो कपका उपाधि दावेदार

आजबाट सुरु भएको युरो कपका उपाधि दावेदार
युरोपनेपाली खबर २०७८ जेठ २८ शुक्रबार,11-06-2021


एजेन्सी – मिनि विश्वकप अर्थात युरोपेली च्याम्पियनसिपको १६औं संस्करण आजदेखि सुरु हुँदैछ । युरोपका ११ देशका ११ शहरमा आयोजना हुने युरोकपमा २४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । फाइनल ११ जुलाईमा वेम्वली स्टेडियम लन्डनमा हुनेछ ।

क्लब फुटबलको सिजन सकिएलगत्तै खेलाडीले गर्ने प्रदर्शनको आधारमा उपाधि दावेदार टोलीबारे अड्कल बाजी गर्न थालिएको छ । यसपटक २०१८ मा विश्वकप जितेको फ्रान्स, डिफेन्डिङ च्याम्पियन पोर्चुगल, स्पेन, इटाली, जर्मनी, बेल्जियम र इंग्ल्यान्डलाई उपाधि दावेदार टोलीको रुपमा हेरिदा नेदरल्यान्ड्स, डेनमार्क र टर्कीलाई अन्डर डग टिमको रुपमा हेरिएकोे छ । उपाधि जित्न सक्ने केही टोलीबारे यहाँ चर्चा गरिएको छ ।

फ्रान्स

फ्रान्स २०१८ को विश्वविजेता टोली हो । युरोकप २०१६ को उपविजेता रहेको सन्तुलित र स्टार खेलाडीले भरिएको फ्रान्सलाई युरोकपको उपाधिको प्रवल दावेदार टोलीको रुपमा हेरिएको छ । सन् २०१८ को फिफा विश्वकप जितेको फ्रान्सलाई यो सिजन युरो कपको प्रबल दाबेदार मानिएको छ ।

फ्रान्ससँग युवा स्टार केलियन एमबाप्पे, ६ वर्षपछि राष्ट्रिय टोलीका फर्किएका बरिम बेन्जेमा, एन्टोइन ग्रिजमन, ओलिभर जिरुड, पल पोग्वा, एङ्गोलो कान्टे, बेन्जामिन पाभार्ड र राफयल भरानजस्ता स्टार खेलाडीको बाहुल्यता रहेको छ । समूह एफमा रहेको फ्रान्सले च्याम्पियन बन्न हंगेरी, पोर्चुगल र जर्मनीको चुनौती पन्छाउनु पर्ने हुन्छ । तीन पटक फाइनल पुग्दा दुई पटकको युरोपेली च्याम्पियन (१९८४ र २०००) को विजेता फ्रान्स २०१६ मा पोर्चुगलसँग अतिरिक्त समयमा १–० ले पराजित भएको थियो ।

प्रशिक्षक डिडियर डेसच्याम्पले फ्रान्सलाई १९९८ को विश्वकप र २००० को युरोमा कप्तानी गर्दै उपाधि दिलाएका थिए । उनी २०१२ मा फ्रान्स टिमको प्रशिक्षक बनेपछि २०१८ मा विश्वकप जिताएका थिए । अब उनी समक्ष युरो कप जित्दै कप्तान र प्रशिक्षक दुवै भूमिकामा विश्वकप र युरोकप जित्ने इतिहास बनाउने सुनौलो अवसर पनि रहेको छ ।

आफ्नो तीव्र गति र ड्रिब्लिङका लागि विश्व फुटबलमा आफ्नो छाप छाडिसकेका २२ वर्षीय एमबाप्पे युरोकपमा मुख्य खेलाडीको रुपमा रहेका छन् । फ्रान्सलाई विश्वकप जिताउन पनि उनी टोलीमा महत्वपुर्ण सदस्य रहेका एमबाप्पे युरोकपमा हरेका विपक्षप्का लागि टाउको दुखाई बन्न सक्छ ।

फ्रान्सको टोली : ह्युगो लोरिस, माइक मेगनन, स्टीव मन्डन्डा, लुकास डिग्ने, लियो डुवाइस, लुकास हर्नान्डेज, प्रेसनेल किम्पेम्बे, जुलेस कोन्डे, क्लेमेन्ट लेङ्लेट, बेन्जामिन पाभार्ड, राफयल भरान, कोर्ट जोउमा, किङ्सले कोमान, एङ्गोलो कान्टे, थोमस लेमार, पउल पोग्वा, एड्रिएन राविओट, मौसा सिसोको, कोरेन्टिन टोलिसो, विसाम बेन यडर, करिम बेन्जेमा, औसमाने डेम्वेले, ओलिभर जिरुड, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे र मार्कुस थुराम

म्यानेजर – डिडिएर डेसच्याम्प्स

इटाली

इटालीले पछिल्लोपटक १९६८ मा युरोकप जितेको थियो । यो सिजन इटलीलाई दोस्रोपटक उपाधि जित्न सक्ने टिमका रुपमा आंकलन गरिएको छ । इटालीले सन् २००० र २०१२ को सिजनमा फाइनल खेले पनि उप विजेतामै सिमित हुन पुगेको थियो ।

इटाली अहिले उच्च फर्ममा रहेको छ । सन् २०१८ मा पोर्चुगलसँग १–० ले पराजित भएयता पछिल्लो २७ खेलमा अपराजित छ । समूह ‘ए’ मा रहेको इटालीले टर्की, वेल्स र स्वीट्जरल्याण्डसँग खेल्नेछ ।

इटाली टिम : जियानलुइगी डोन्नररुम्मा, एलेक्स मेरेत र सल्वातोर सिरिगु, फ्रान्सेस्को एसर्वी, एलेसान्ड्रो बास्टोनी, लियानार्दो बोनुची, जर्जियो चेलिनी, जियोभानी डी लोरेन्जो, इमर्सन पामेरी, एलेसान्द्रो फ्लोरेन्जी, लियोनार्डो स्पिनजोला, राफेल टोलोई, निकोलो बरेला, ब्रायन क्रिस्तान्ते, जोर्जिन्हो, मेनुअल लोकातेली, लोरेन्जो पेलेग्रिनी, स्टेफानो सेन्सी, मार्को बेरात्ती, फेडरिको बर्नार्डेस्की, फेडरिको चिएसा, एन्ड्रिया बेलोट्टी, डोमेनिको बेरार्डी, सिरो इमोबिले, लोरेन्जो इन्सिग्ने, जियाकोमो रास्पाडोरी

म्यानेजर – रोबर्टो मान्सिनी

पोर्चुगल

पोर्चुगल युरोकपको डिफेन्डिङ च्याम्पियन हो । पोर्चुगललाई उपाधि रक्षा गर्न चुनौतीछ । किनकि उसले समूह चरणमै बलिया प्रतिद्धन्द्धी फ्रान्स, जर्मनी र हंगेरीको चुनौती पन्छाउनुपर्नेहुन्छ ।

पोर्चुगलले सन् २०१६ मा फ्रान्सलाई उसकै मैदानमा १–० ले पराजित गर्दै पहिलोपटक युरोपेली च्याम्पियन बन्न सफल भएको थियो । स्टार खेलाडीले भरिएको पोर्चुगिज टिममा भेट्रान क्रिष्टियानो रोनाल्डो जस्ता स्टार खेलाडीहरु छन् । रोनाल्डोले आफ्नो देशका लागि १०४ औं गोल गरेका थिए ।

पोर्चुगल टोली : एन्थोेनी लोपेज, रुई प्याट्रिसियो, रुई सिल्भा, जोआओ क्यान्सेलो, रुवेन डियास। जोस फोन्टे, राफयल गुरेरो, नुनो मेन्डिस, पेपे, नेल्सन सेमेडो, विलियम कार्भाल्हो, डेनिलो, ब्रुनो फर्नान्डेस, गोन्कालो गुइडेस, जोओ मोटिन्हो, रूबेन नेभेस, सर्जियो ओलिभेरा, जोओ पल्हिन्हा, पोटे, रेनाटो सान्चेस, बर्नार्डो सिल्भा, जोआओ फेलिक्स, डिएगो जोटा, क्रिस्टियानो रोनाल्डो, आन्द्रे सिल्भा, राफा सिल्भा

म्यानेजर – फर्नान्डो सान्तोस

स्पेन

स्पेन युरोकपको सदावहार दावेदार टोली हो । स्पेन नै लगातार दुई सिजन युरोपेली च्याम्पियन बन्ने एक्लो टोली हो । तीन पटकको च्याम्पियन स्पेनले सन् २००८ र २०१२ मा युरोकप जितेको थियो । त्यसअिघ १९६४ मा पनि यो उपाधि जितिसकेको छ ।

नयाँ र युवा खेलाडीको बाहुल्यता रहेको स्पेनलाई यो सिजन पनि उपाधिको दावेदार टोलीको रुपमा हेरिएको छ । अनुभवी कप्तान सर्जियो रामोस नरहेपनि टोलीसँग अन्य स्तरीय खेलाडीको साथ रहेको छ । समूह ‘ई’मा रहेको स्पेनले स्वीडेन, पोल्याण्ड र स्लोभाकियासँग समूह चरणमा प्रतिस्पर्धा गर्ने छ ।

स्पेन टोली : डेभिड डे हेया, उनाई सिमान, रोबर्ट सान्सेज, जोस गाया, जार्डी अल्बा, पाउ टोरेस, एमेरिक लापोर्टा, एरिक गार्सिया, डिएगो लोरेन्टे, सिसर एज्पिलिक्वेटा, फाबियन रुइज, पाब्लो सराबिया, फेरान टोरेस, एडामा ट्राओरे, अल्भारो मोराटा, जेरार्ड मोरेनो, मिकेल ओयारजाबल, पेड्री, थिएगो अलकान्तरा, सर्जियो बुस्क्वेट्स, कोकी, मार्कोस लोरेन्टे, ड्यानी ओल्मो, रोड्री

म्यानेजर – लुइस एनरिके

इंग्ल्याण्ड

इंग्ल्यान्ड सन् २०१८ को विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो । ग्यारेथ साउथगेट मुख्य प्रशिक्षक भएर आएपछि इंग्ल्यान्डले २३ खेल खेल्दा दुई खेलमा मात्रै हार बेहोरेको छ । इंग्ल्याण्डले स्पेन र डेनमार्कसँग हार बेहोरेको थियो । एक पटक पनि युरोकप जित्न नसकेको इंग्ल्यान्ड १९६८ मा तेस्रो हुनु नै युरोकपको सर्वाधिक सफल स्थान हो । यसपटक इंग्ल्याण्डको टिममा पनि युवा र अनुभवि खेलाडीको समिश्रण रहेको छ । समूह ‘डी’मा रहेको इंग्ल्याण्डले शुरुमा क्रोएसिया, स्कटल्याण्ड र चेक रिपब्लिकसँग खेल्नेछ ।

इंग्ल्यान्ड टोली : डिन हेंन्डरसन, साम जोनस्टोन, जोर्डन पिकफोर्ड, बेन चिलवेल, कोनर कोडे, रिस जेम्स, ह्यारी मगाएर, टाइरोन मिग्स, लुका शा, जोन स्टोन्स, काइरन ट्रिपियर, काइल वाल्कर, बेन ह्वाइट, जूड बेलिंगघम, जोर्डन हेन्डरसन, मेसन माउन्ट, केल्भिन फिलिप्स, डेक्लन राइस, डोमिनिक काल्भर्ट–लेविन, ह्यारी केन, मार्कुस रासफोर्ड, रहिम स्टर्लिङ, बुकायो साका, जेडान सान्चो, फिल फोडेन र ज्याक ग्रेयालिस

म्यानेजर – ग्यारेथ साउथगेट

बेल्जियम

विश्व वरियतामा शीर्षमा रहेको बेल्जियम युरोकपको प्रबल दावेदारको रुपमा रहेको छ । बेल्जियमले छनोट चरणका सबै १० खेल जितेको थियो । बेल्जियम २०१६ को युरोकपमा क्वाटरफाइनलसम्म पुगेको थियो ।

बेल्जियम टिममा केभिन डी ब्रुएन, युरी टिलेमान्स, इडेन हाजार्ड, रोमेलु लुकाकु, थिवाउट कोर्टुवाजस्ता स्टार खेलाडीहरुको साथ रहेको छ । बेल्जियम १९८० मा उपविजेता भएको थियो । समूह ‘बी’ मा रहेको बेल्जियमले समूह चरणमा रुस, डेनमार्क र फिनल्याण्डको सामना गर्नेछ ।

बेल्जियन टोली : थिवाउट कोर्टुवा, सिमोन मिग्नोलेट, मेट्स सेल्ज, टोबी एल्डरवेरेल्ड, डेडरिक बोयाटा, जेसन डिनेयर, थोमस वर्माइलन, यान वर्टोन्घन, टिमोथी कास्टाग्ने नासेर चाड्ली, यान्निक करास्को, केभिन डि ब्रुएन, लिएन्डर डेन्डोनकर, थोर्गन हाजार्ड, थोमस मुनिएर, डेनिस प्राएट, युरी टिलेमान्स, हेन्स वानाकन, एक्सेल विट्सल, मिचे बात्सुयाई, क्रिस्टियन बेन्टेके, जेरेमी डोकु, इडेन हाजार्ड, रोमेलु लुकाकु, ड्रिएस मेर्टिन्स र लियान्द्रो ट्रोसार्ड

म्यानेजर – रोबर्टो मार्टिनेज

एजेन्सीको सहयोगमा

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित