एनआरएनए यूके निर्वाचन सरगर्मी बढ्यो, यस्ता छन् अध्यक्षका दावेदारहरु

एनआरएनए यूके निर्वाचन सरगर्मी बढ्यो, यस्ता छन् अध्यक्षका दावेदारहरु
युरोपनेपाली खबर २०७८ असार ४ शुक्रबार, 18-06-2021


लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आगामी जुलाई ३१ तारिख हुने निर्वाचनमा सदस्यताका लागि आवेदन दिने म्याद गत मंगलबार साँझ सकिए संगै चुनावी सरगर्मी बढेको छ । एनआरएनए यूकेका अनुसार हालसम्म ११ हजार ६ सय ४१ जनाले सदस्यताका लागि आवेदन दिएका छन् ।

एनआरएनए यूकेमा नयाँ नेतृत्वका लागि संघका उपाध्यक्षद्वय रोजिना प्रधान राई, प्रेम गाहामगर र इंल्यान्ड राज्यपरिषदका अध्यक्ष दिपक श्रेष्ठले दावी प्रस्तुत गरेका छन् । 

संघको नेतृत्वको दौडमा रहेकी रोजिना प्रधान राईले आफूलाई संस्थापन पक्षको पूर्ण सहयोग रहेकाले चुनाव जित्नेमा ढुक्क रहेको बताउँछिन् । राईले प्राप्त सदस्यहरुको संख्याबाट उत्साहित भएको बताइन् । उनले आफ्नो सदस्यता वितरण अभियानबाट मात्र करिब ५ हजारजनाले सदस्यताको लागि आवेदन दिएको जिकिर गरिन् ।

अध्यक्ष पदका अर्का  दावेदार प्रेम गाहामगरले  हालसम्म प्राप्त पञ्जिकृत सदस्यमध्ये ६ हजार ५ सय ४७ जना सदस्यताको आवेदन आफ्नो पक्षले भएकोले चुनावी परिणाम आफ्नो पक्षमा आउने उनको दावी छ। संघको इंल्याण्ड राज्यपरिषदका सदस्य तथा अध्यक्षका दावेदार दिपक श्रेष्ठले आफ्नो पक्षले ठूलो संख्यामा सदस्यता ल्याउन सफल भएको दावी गरे । करिब ४ हजार ३ सय जनाको सदस्यता आफ्नो पक्षले ल्याएको दावी गरे । 

एनआरएनए यूकेको निर्वाचनमा जातीय समीकरणले ठूलै प्रभाव पार्दै आएको विगत जगजाहेर छ । अघिल्लो निर्वाचनमा वर्तमान अध्यक्ष पुनम गुरुङ उम्मेदवार हुँदा करिब ५ हजारभन्दा बढी गुरुङ समुदायको सदस्यता रहेकामा यसपटक त्यो संख्या  २ हजार  हाराहारी अनुमान गरिएको छ । संघको पछिल्लो तथ्यांक अनुसार किरात (राई लिम्बु) १७ सय नेवार ७ सय मगर २१ सय, शेर्पा तामाङ आदि ३ सय र ब्राह्मण–क्षेत्री करिब हजार जना रहेको अनुमान छ ।

एनआरएनए यूकेको निर्वाचनमा राजनैतिक र दलिय प्रभाव निकै न्युन हुने गरेको छ । गत निर्वाचनमा नेपाली कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिसहित सबै बामपन्थी समूहको समर्थन प्राप्त गरेको दावी गरेका शेरबहादुर सुनार निर्वाचनमा पराजय भएका थिए । संघको निर्वाचनमा मुख्य साँचो भनेकै जातीय संघसंस्था भएको जानकारहरु बताउँछन् ।

अध्यक्ष पदको लागि दावेर मध्येका तीनै जनाले अहिलेसम्म खुलेर आफ्नो वैचारिक आवद्धता देखाएका छैनन् । बेलायतमा रहेका राजनीतिक दलका शुभेच्छुक र भातृसंस्थाहरुले पनि एनआरएनए यूकेको अध्यक्षमा कस्लाई समर्थन गर्छन भन्ने अहिलेसम्म औपचारिक रुपमा मुख खोलेका छैनन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित