एनआरएन डिजिटल परिचयपत्र अष्ट्रेलियामा लागु भयो

एनआरएन डिजिटल परिचयपत्र अष्ट्रेलियामा लागु भयो
८ जुलाइ २०२०

अष्ट्रेलिया । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अष्ट्रेलियामा डिजिटल परिचयपत्र लागु गरेको छ । संघका महासचिव डा. हेम राज शर्माका अनुसार बुधवार देखि एनआरएनए अष्ट्रेलियाका पन्जिकृत सदस्यहरुले सो डिजिटल परिचयपत्र डाउनलोड गर्न सक्ने छन् ।

संघले पहिलो चरणमा एनआरएनए अमेरिकामा पहिलो पटक परिचयपत्र लागु गरेको थियो । डा. शर्माका अनुसार संघको केन्द्रीय सदस्यता प्रणालीमा दर्ता भएका एनआरएनए अष्ट्रेलियाका सदस्यहरुले आफ्नो डिजिटल आईडि कार्ड आफ्नो फोनमा डाउनलोड गर्न सक्ने छन् ।

गैरआवासीय नेपाली संघले चरणबद्ध रुपमा अन्य देशमा पनि परिचयपत्र योजनाबद्ध तरिकाले वितरण गर्ने योजना बनाएको छ ।

नयाँ प्रविधिको डिजिटल परिचयपत्र प्राप्त गर्न सबै पन्जिकृत सदस्यहरुको विवरण गैरआवासीय नेपाली संघको केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गरेको हुनुपर्छ । यसअघि संघले सचिव गौरी राज जोशीको संयोजकत्वमा स्मार्ट एनआरएनए कार्यदल गठन गरेको थियो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित