प्रेम गाहा मगरले जुलाई १५ मा यसरी गर्दैछन् एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा, यी हुन् उनका एजेण्डा

प्रेम गाहा मगरले जुलाई १५ मा यसरी गर्दैछन् एनआरएन यूकेको अध्यक्ष पदमा उम्मेदवारी घोषणा, यी हुन् उनका एजेण्डा
युरोपनेपाली खबर २०७८ असार २५ शुक्रबार, 09-07-2021


लण्डन । गैर आवासीय नेपाली संघ, यूकेका उपाध्यक्ष प्रेम गाहा मगरले संघको आसन्न अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने भएका छन् । ३१ जुलाईमा हुने एनसीसी यूकेको निर्वाचनमा गाहा मगरले अध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् । 

जुलाई १५ तारिक बिहीबार बेलायतको स्थानीय समय अनुसार साँझ ५ बजे जुममार्फत भर्चुअल रुपमा उम्मेदवारीको औपचारिक घोषणा गरिने उनले बताए । 

एनसीसी यूकेको नेतृत्व चयनका लागि ३१ जुलाईमा निर्वाचन हुने भएपनि अधिवेशनको उद्घाटन र साधारणसभा(एजीएम) भने जुलाई १८ मा नै हुने तय भएको छ । एजीएम अगावै औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने उनको तयारी छ । 

कोभिड प्रोटोकलका कारण भर्चुअल माध्यमबाट उम्मेदवारी घोषणा गर्ने उनले बताएका छन् । मगरले उम्मेदवारी घोषणासभामा जुम आईडी : ९२१६२२०८४६४ र पासकोड १२३४ जुम लिंक https://zoom.us/j/92162208464?pwd=RStuRGl3Sk1oWmhLZ1dmY0xLMnliUT09

मार्फत सहभागी हुन आफ्ना समर्थक तथा बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् । 

गाहा मगरले आफ्नो उम्मेदवारी घोषणासभामा सहभागी हुन एनआरएनका संस्थापकहरु, अग्रज अभियन्ताहरु, बेलायतस्थित विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु र एनआरएनका पन्जीकृत सदस्यहरु तथा सञ्चारकर्मीहरुलाई आग्रह गरेका छन् । 

दुई कार्यकाल उपाध्यक्ष भएर काम गरेका गाहा मगरले विगतमा जस्तै साथ, समर्थन र माया गर्न बेलायतवासी नेपाली समुदायलाई आग्रह गरेका छन् । ‘तपाईंहरुको साथ, सहयोग र मायाकै कारण मैले दुई कार्यकाल उपाध्यक्ष भएर काम गर्ने मौका पाएँ, अब अध्यक्ष पदका लागि यहाँहरुको साथ, सहयोग, समर्थन र माया प्राप्त हुने छ भन्ने विश्वास लिएको छु’ गाहा मगरले भनेका छन् । 

उनले आफूँले विगतमा गरेका कामलाई आधार बनाएर नै बेलायतवासी नेपाली समुदायको साथ पाउनेमा विश्वास व्यक्त गरेका छन् । ‘कार्यसमितिमा रहेर वा नरहेर मैले हालसम्म बेलायतवासी नेपाली समुदायको हितमा गरेका कामका आधारमा नै म अध्यक्षको उम्मेदवार बन्न लागेको हुँ’ आफ्नो उम्मेदवारीबारे उनले भनेका छन् । 

दुई कार्यकाल कार्य समितिमा रहँदा नेपाली समाजको एकता, संस्थाको पारदर्शिता र सुदृढीकरण, भूतपूर्व गोर्खाहरुको समस्या समाधान, खेलकुद, युवाहरुको सहभागिता, मातृभूमिमा आइपरेको विपदमा सहयोग संकलन लगायतका क्षेत्रमा गरेका कामको आधारमा नै बेलायतवासी नेपाली समुदायले आफूँलाई समर्थन गर्ने उनको विश्वास रहेको छ । 

गाहा मगरको नेतृत्वमा समावेशी टिम 

जुलाई १५ मा अध्यक्षमा औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका गाहा मगरले आफ्ना अजेण्डासँग सहमत व्यक्तिहरुसँग सहकार्य गरी समावेशी टिम बनाउने र कार्यकालभर एकसाथ रहेर काम गर्ने जनाएका छन् । 

 प्रेम गाहा मगर जिताऔं अभियानका प्रमुख एवम् पूर्व उपाध्यक्ष शेर सुनारले बेलायतको नेपाली समाजलाई प्रतिनिधित्व गर्ने गरी टिम बनाइने बताएका छन् । 

एनआरएनको विधान अनुसार कुनै पनि राजनीतिक तथा संस्थागत रुपमा प्यानल बनाउन पाइँदैन । 

कुनै पनि रंगको प्यानल नभई समाजलाई प्रतिनिधित्व गर्ने गरी समावेशी टिम बनाइने सुनारले बताए । ‘बेलायतवासी सम्पूर्ण नेपालीहरुको प्रतिनिधित्व हुने गरी समावेशी टिम बनाइने छ, सुनारले भने, प्रेम गाहा मगर नेतृत्वको टिम समाजको ऐना बन्ने छ ।’

सुनारका अनुसार, संस्थागत नभई अजेण्डामा सहमत व्यक्तिहरुको टिम बनाउन लागिएको हो । सुनारले प्रेम गाहा मगर नेतृत्वको टिमको जित सुनिश्चित भइसकेको दाबी गरेका छन् । सदस्यता अभियानमा देखिएको उत्साहजनक सहभागिताले नै यसलाई पुष्टि गरेको उनको भनाइ छ । 

वर्तमान कार्य समितिका चार उपाध्यक्षसहित बहुमत सदस्यहरु पनि गाहा मगरको समर्थनमा खुलिसकेका छन् । त्यस्तै समाजका अधिकांश अगुवा र एनआरएनएका अभियन्ताहरुले पनि मगरलाई समर्थन गरेको उनले बताए । 

सात बुँदे अजेण्डा