रोजिनाले आज बेलुका एनआरएनए यूके अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्दै

रोजिनाले आज बेलुका एनआरएनए यूके अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्दै
युरोपनेपाली खबर २०७८ असार २५ शुक्रबार, 09-07-2021


९ जुलाई, लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके उपाध्यक्ष रोजिना प्रधान राईले आज ९ जुलाई बेलुका ७ बजे अध्यक्षमा औपचारिक उम्मेदवारी घोषणा गर्ने भएकी छन् ।

राईले अल्डरसटस्थित एम्पायर हलमा जुममार्फत आफ्नो उम्मेदवारी घोषणा गर्ने जनाइन् । अध्यक्ष प्रत्यासीमध्ये रोजिनाको पहिलो औपचारिक घोषणा हुन लागेको हो ।

घोषणा सभाका दिन सरकारी कोभिड नियम अनुसार ३० जना प्रत्यक्ष र जुममा बेलायतका सामाजिक अभियन्ताहरु सहभागिता रहने राईले बताइन् ।

सो अवसरमा बेलायतस्थित विभिन्न संघसंस्थाका प्रमुखले दिने शुभेच्छा र आर्शीवाद आफ्ना लागि थप आत्मबल हुने रोजिना बताउंछिन् । रोजिनाले घोषण सभामा आफ्ना ९ बुंदे एजेन्डा पनि सार्वजनिक गर्ने बताएकी छन् । ति एजेन्डा भने अहिले सरप्राइज नै राखिएको छ ।

एनआरएनए यूकेमा सन् २००७ देखि नै आवद्ध रोजिनाले उपाध्यक्षमा निर्वाचित हुंदा अत्यधिक मत ल्याएकी थिइन् । अहिलेको कार्यसमितिमा उपाध्यक्ष र संघसंस्था समन्वय विभाग प्रमुखको बाग्डोर प्रभावकारी रुपमा सम्हालेकी रोजिनालाई नजिकबाट चिन्नेहरु उनी एक्सन ओरियन्टेड, सालिन र संस्थाप्रति दत्तचित्त रहने अभियन्ता रहेको टिप्पणी गर्छन् ।

बेलायती विश्वविद्यालयबाट स्नात्तकोत्तर उत्तिर्ण उनी समाजसेवासंगै विभिन्न व्यवसाय र दर्जन बढी संघसंस्थामा समेत संलग्न छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित