यूरोपका १५ राष्ट्रद्वारा कोभिशिल्डलाई मान्यता

यूरोपका १५  राष्ट्रद्वारा कोभिशिल्डलाई मान्यता
तस्वीर : गुगल
युरोपनेपाली खबर २०७८ असार २६ शनिबार, 10-07-2021


विश्व स्वास्थ्य संगठन(डब्ल्यु एच ओ)की प्रमुख वैज्ञानिक सौम्य स्वामीनाथनले कोभिड–१९ बिरुद्धको कोभिशिल्ड खोपलाई यूरोपेली संघ अन्तगर्तको १५ राष्ट्रले मान्यता दिएको बताउनुभएको छ । बेलायतको आष्ट्राजेनेका बिकास गरेको कोभिशिल्ड खोप भारतको सिरम इन्स्टिच्युटले उत्पादन गरेको हो ।

संगठनकी प्रमुख वैज्ञानिक स्वामीनाथनले ट्वीट गर्दै यूरोपेली संघका १५ राष्ट्रले अब कोभिशिल्डलाई मान्यता दिएको खुलाउनुभएको छ । शुक्रबार बेल्जियमले कोभिशिल्ड खोप लगाएकालाई मान्यता दिने निर्णय गरेको थियो । उसले कोभिशिल्डलाई मान्यता दिदा कोभ्याक्समार्फत् सहुलियतमा खोप पाउन लागेका नेपाल, भुटान, श्रीलङ्का, माल्दिभ्स, बङ्गलादेश लगायतका राष्ट्रका नागरिक पनि लाभान्वित हुने जनाएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित