पदलोलुप प्रवृत्ति र गलत सल्लाहको उक्साहटले प्रतिष्ठा गुमाउँदै भगिरथ

पदलोलुप प्रवृत्ति र गलत सल्लाहको उक्साहटले प्रतिष्ठा गुमाउँदै भगिरथ
तस्वीर : योगीको फेसबुक वालबाट ।
युरोपनेपाली खबर २०७८ असार २७ आइतबार, 11-07-2021

विशेष समाचार  टीप्पणी ।

सामान्यतः व्यक्तिको सन्दर्भमा समाचार टीप्पणी लेखिरहनु त्यति आवश्यक र जरुरी हुँदैन  तर जब समाजले राम्रो सोचिरहेको मानिस पदका लागि आसक्त भएर आफ्नो प्रतिष्ठा गुमाउँदै जान्छ अनि अरुलाई गलत नजीरको उदाहरणबाट बच्न र स्वयं व्यक्तिको व्यक्तित्व थप क्षयिकरण हुनबाट बचाउन पनि कठोर टीप्पणी लेख्नु पर्ने हुन्छ ।

बिबिसी नेपाली सेवामा लामो समय काम गरेर एउटा उचाई बनाइसकेका भगिरथ योगीलाई देश विदेशमा कुनैकुनै रूपमा संचारकर्ममा लागेका धेरैले चिन्छन । ओसो तपस्वीका अनुयायी, बाहिर देखिँदा, भेटिंदा भद्र, सालिन र मृदुभाषी  स्वभावका योगी भित्री रूपमा भने पदको लागि मरिहत्ते गर्ने लोभी चरीत्र र षड्यन्त्रको तानावाना बुन्ने स्वभाव पुष्टि हुँदै जाँदा उनको व्यक्तित्व अनुसार अमिल्दो देखिनु बढो उदेकलाग्दो कुरा छ । एउटा राम्रो भनिएको संचारकर्मीमा यस्तो असुहाउँदो प्रवृत्ति देखिनु व्यक्तिगत रूपमा उनको र समाजकै लागि पनि दु:खद कुरा हो ।

बिबिसी नेपाली सेवाको जागिरबाट अवकाश पाएपछि उनमा एक किसिमको छटपटी, हतोत्साहीपन र लोभी मतत्वकांक्षा प्रष्टिदा उनको आफ्नो प्रतिष्ठा धुलिसात हुँदै गएको देखिन्छ । गएको एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्वाचनदेखि केही समय अघि सम्पन्न नेपाल पत्रकार महासंघ युकेको अधिवेशनसम्म आइपुग्दा उनी जताततै विवादको भुवरीमा फस्दै आएका छन् । नेपाल पत्रकार महासंघ युकेले त उनको गुटगत गतिविधिबाट आजित भएर निर्वाचन समितिबाटै बर्खास्तीका लागि सिफारिस गरेको थियो ।

अहिले फेरि योगी पदलोलुप हुँदा नराम्रो गरी विवादमा फसेका छन् । साढे दुईबर्ष अघि देखि युरोपमा सक्रिय नेपाली पत्रकार राजकुमार थापाले अगुवाई र संचालन गर्दै आएको "गैरआवसीय नेपाली पत्रकार महासंघ" को अभियान, संरचना, नाम र अवधारणा हुबहु नक्कल गरी केही दिन अघि आफ्नै संयोजकत्वमा कथित समिति बनेको सार्वजनिक गरेपछि उनलाई बौद्धिक सम्पत्ति चोरीको गम्भीर प्रश्नको सामना गर्नु परेको छ । संस्थापक थापाले त वक्तव्य नै जारी गरेर आफ्नो अभियान, अवधारणा र संस्थाको नाम योगी लगायत केही व्यक्तिहरुबाट अनधिकृत रूपमा हडप्न्ने दुष्प्रयास भएको सप्रमाण सार्वजनिक गरेका छन् ।

योगी यस्तो विवादस्पद र गलत बाटोमा हिड्नुको कारण उनको आफ्नै द्वेध स्वभाव र खराव मनसाय बोकेका समाजमा भुमिकाहीन केही व्यक्तिहरुको उक्साहट, महत्वकांक्षा  र गलत सल्लाह भएको उनी निकटका साथीहरूको बुझाइ छ । उनका निकटका साथीहरु भन्छन् : "योगी जस्तो मान्छे किन यस्तो लफडामा फसिरहेका छन् अचम्म लागेको छ ।"

गैर आवासीय नेपाली पत्रकार महासंघका संस्थापक अभियानकर्ता राजकुमार थापा भन्छन् " व्यक्तिगत रूपमा भगिरथ सरप्रति मेरो गहिरो सम्मान छ, तर पछिल्लो केही समयदेखि उहाँ गलत फन्दामा फसिंरहनु भएको छ, अझ  मैले आफुले अगुवाई गरेको संस्थाको नाम र अवधारणा नै उहाँको नेतृत्वमा हडप्ने दुष्प्रयास भएपछि म प्रतिक्रिया जनाउन बाध्य भएको छु, योगी सरलाई मेरो सुझाव छ, यस्ता गलत फन्दाबाट बाहिर निस्कनुहोस्, अर्काको संरचना हडप्ने कुरा त्याग्नुहोस्, खराब नियत भएका व्यक्तिको सल्लाहबाट बच्नुहोस्, आफ्नो व्यक्तित्व र प्रतिष्ठा बचाउनु होस् ।"

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित