शेरबहादुर देउवा संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्त

शेरबहादुर देउवा संविधानको धारा उल्लेख नगरी प्रधानमन्त्रीमा नियुक्त
युरोपनेपाली खबर २०७८ असार २९ सोमबार, 13-07-2021


२९ असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छन् ।

सर्वोच्च अदालतले मंगलबार अपरान्ह ५ बजेसम्म देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएको थियो ।

सोही अनुसार राष्ट्रपतिले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्री नियुक्त गरेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए ।

शपथ ग्रहण साँझ ६ बजेका लागि तोकिएको छ ।

हेर्नुहोस् राष्ट्रपति कार्यालयको विज्ञप्ति:

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित