एनआरएनए पोर्चुगलको निर्वाचन कार्यतालिका प्रकाशित, यस्तो छ सम्पूर्ण विवरण

एनआरएनए पोर्चुगलको निर्वाचन कार्यतालिका प्रकाशित, यस्तो छ  सम्पूर्ण विवरण
२०७८ साउन ३ आइतवार, 18-07-2021


लिस्बन ।  गैरआवासिय नेपाली संघ पोर्चुगलको ३१ जुलाईमा सम्पन्न हुने आठौं अधिबेशन र निर्वाचनका लागि कार्यतालिका प्रकाशित गरेको छ । निर्वाचन समितिको बैठकले आज निर्वाचन सम्बन्धि विवरणहरु सार्वजनिक गरेको हो ।

संघले आसिसी सदस्यका लागि १ हजार दुई सय, अध्यक्षका लागि  एक हजार युरो उम्मेदवारी शुल्क तोकेको छ । 

हेर्नुहोस् सम्पूर्ण विवरण 


संघले पुर्वअध्यक्ष रमेशकुमार गुरुङको संयोजनमा ५ सदस्यीय निर्वाचन समिति गठन गरेको छ। समितिको सदस्यहरुमा शिवप्रसाद अधिकारी, ताराकुमारी  गुरुङ, मेघनाथ सुबेदी (दीपक) र मिङ्ग्मार लामा रहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारी मनोनयन २२ जुलाई २०२१ बिहान ११:०० बजेदेखि २३ जुलाई २०२१ को राति १२:०० बजेसम्म दिन सक्नेछन। संघको बिधान अनुसार पंजीकृत सदस्यहरुले रित पुर्याई उम्मेदवारी दर्ता गर्न सक्नेछन।

उम्मेदवारी दर्ता अनलाइन प्रणाली मार्फत हुने भएको हुनेछ । निर्वाचनमा उम्मेदवारी दिन चाहने सदस्यहरुले निर्धारित शुल्क सहित समितिले तय गरेको उम्मेदवारी फारम भरेर निर्धारित समयभित्र निर्वाचन समितिको ईमेल ec.nrnaportugal2021@gmail.com पठाएर मदर्ता गर्न सकिनेछ। उम्मेदवारी दर्ताको इमेलसंगै संघको खातामा तोकिएको  उम्मेदवारी शुल्क तिरेको रसिद समेत अनिवार्य संलग्न गर्नुपर्नेछ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित