एनआरएनए पोर्चुगलको निर्वाचनमा कस कसले कुन कुन पदमा दिए उम्मेदवारी ? (सूचीसहित)

एनआरएनए पोर्चुगलको निर्वाचनमा कस कसले कुन कुन पदमा दिए उम्मेदवारी ? (सूचीसहित)
युरोपनेपाली खबर २०७८ साउन १० आइतबार, 25-07-2021


लिस्वन । गैरआवासीय नेपाली संघ समन्वय समिति पोर्चुगलको ३१ जुलाईमा हुने निर्बाचनका लागि  विभिन्न पदमा ४३ जनाको उम्मेद्वारी परेको छ । निर्बाचन समितिले आज आइतबार मध्यान्नसम्म उम्मेद्वारी दिएका उम्मेद्वारहरुको नामावली प्रकाशन गरेको हो ।

३१ जुलाईमा हुने संघको निर्बाचनले विभिन्न पदमा ३० जना उम्मेदवारहरु चयन गर्नेछ । तर ३० पदका लागि ४३ जना उम्मेद्वारले मनोनयन दर्ता गरेको निर्बाचन समितिका संयोजक रमेशकुमार गुरुङले जानकारी दिए ।

निर्बाचन समितिका अनुसार आइसीसी सदस्य, अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, सह कोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, लेखा समिति संयोजक र लेखा समिति सदस्य पदमा १/१ जनाका लागि निर्बाचन हुनेछ । यस्तै उपाध्यक्ष र सचिवमा २/२ जना र सदस्यमा १५ जनाका लागि निर्बाचन हुनेछ ।

तर यसपटक भने आइसीसी सदस्यमा दुई, अध्यक्षमा तीन, बरिष्ठ उपाध्यक्षमा तीन, महिला उपाध्यक्षमा दुई, उपाध्यक्षमा तीन, महासचिवमा दुई, सचिवमा तीन कोषाध्यक्षमा दुई, सह कोषाध्यक्षमा दुई, युवा संयोजकमा एक, महिला संयोजकमा दुई, लेखा संयोजकमा एक र सदस्यमा १६ जनाको उम्मेद्वारी परेको छ । निर्बाचन समितिका अनुसार लेखा समिति सदस्यमा भने उम्मेदवारी परेको छैन ।

यसका लागि आइसीसी पदमा वर्तमान कार्यसमितिका  बरिष्ठ उपाध्यक्ष भिमसेन थापा र महासचिव हेमराज सुवेदीको

उम्मेद्वारी परेको निर्बाचन समितिले जनाएको छ । यस्तै, अध्यक्ष पदका लागि  रविन अधिकारी क्षेत्री, सोम फुरी शेर्पा र अशोक गुरुङको उम्मेद्वारी परेको हो ।

आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षमा सीता श्रेष्ठ,  विष्णु बस्नेत र राजेन्द्र शेर्पाको उम्मेद्वारी परेको छ भने महिला उपाध्यक्षका लागि निर्मला ढकाल खराल र दिपा काफ्लेले उम्मेद्वारी दिएका हुन ।

उता संघको उपाध्यक्ष पदका लागि उमेश कुमार खड्का, सुरेश पुन र दिनेश भण्डारीले उम्मेद्वारी दिएका छन ।

संघको अध्यक्ष पछिको महत्वपूर्ण पद महासचिवमा सक्रिय पत्रकार राजकुमार थापा र  सुमन शर्मा चौलागाईले दावी गरेका छन ।

नयाँ कार्यकालका लागि सचिवमा तीन जनाको उम्मेद्वारी परेको छ । जसमा रवि अर्याल, मिलन रेग्मी र राजेश दुलाल रहेका छन । यस्तै कोषाध्यक्षका लागि युवराज खनाल र शान्ति अधिकारीको उम्मेद्वारी परेको छ भने सह कोषाध्यक्षमा राजेन्द्र प्रसाद डुम्रे र नविन सापकोटाको उम्मेद्वारी परेको हो ।

समितिको युवा संयोजक र लेखा संयोजकमा क्रमशः प्रकाश अधिकारी र विशाल आचार्यको मात्रै उम्मेद्वारी परेको छ । अधिकारी र आचार्यबिरुद्ध कुनै मुद्धा नपरे उनिहरु निर्बिरोध निर्बाचित हुनेछन । यस्तै, महिला संयोजक पदमा सीता ढकाल र दीपा लिम्वुले मनोनयन दर्ता गरेका छन ।

आगामी कार्यकालका लागि १५ जना सदस्य तोकिएको छ । तर मनोनयन दर्ताका क्रममा १७ जनाले उम्मेद्वारी दिएका छन । यसरी उम्मेद्वारी दिनेहरुमा अमृत कुमार विश्वकर्मा, तोयानाथ कडेंल, सुदन निउरे, प्रशान्त गुरुवाचार्य, जस बहादुर केसी, सागर बिसी, पुनम गौतम, सज्जन हमाल, निर्मला परियार, भुवन कडेंल, प्रकाश जिसी, उमाकान्त डल्लाकोटी, दिनेश खड्का, गिरिजा प्रसाद छन्त्याल, प्रकाश खड्का, सुजन तामाङ र पारस पराजुली रहेका छन ।

कुल १ हजार ६८८ पञ्जिकृत सदस्य रहेको पोर्चुगलमा आगामी ३१ जुलाईमा निर्बाचन हुँदैछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित