एनआरएनए नाइजेरियाको आठौं साधारण सभा सम्पन्न, अध्यक्षमा बिरेन्द्र गुप्ता सर्वसम्मत

एनआरएनए नाइजेरियाको आठौं साधारण सभा सम्पन्न, अध्यक्षमा बिरेन्द्र गुप्ता सर्वसम्मत
युरोपनेपाली खबर २०७८ साउन १८ सोमबार, 02-08-2021


लेगोस , नाइजेरिया । गैरआवासिय नेपाली सङ्घ , राष्ट्रिय समन्वय समितिको आज लेगोसमा सम्पन्न आठौं बार्षिक साधारणसभाले बिरेन्द्र गुप्ताको अध्यक्षतामा नयाँ कार्य समिती सर्वसम्मतिले चयन गरेको छ । 

कार्यसमितिको उपाध्यक्षमा अभिषेक मान सिंह , सुशील गिरी र महिला उपाध्यक्षमा अञ्जु खरेल चयन हुनुभएको छ । त्यसै गरि महासचिवमा सोमेश अर्याल , सचिवमा संजय थापा र टोप बहादुर गुरुङ र महिला सचिवमा अर्चना सिंह  , कोषाध्यक्षमा सागर उप्रेती , सहकोषाध्यक्षमा सरोज कुमार , महिला संयोजकमा सविता सेठ , युवा संयोजकमा सुहिम थापा चयन हुनु भएको छ । 

 कार्य समितिको सदस्यहरुमा सतिश पाण्डे ( अबुजा ), बिरेन्द्र बहादुर बस्नेत ( कटसिना ) , राजु धिताल ( साङ्गो वटा ) , कृष्ण थापा ( भिआई ) ,सुभाष सिम्खडा ( पोर्टहर्ट कोर्ट ) , राजु भुषाल ( कानो ) ,खुश्बु घिमिरे  र रमेस बहादुर सुनाखरी मगर ( लेगोस ) निर्वाचित हुनु भएको छ ।

त्यसैगरी आइसीसी सदस्यमा चिरञ्जीवी रोका चुनिनु भएको छ । 

समितिको सल्लाहकार समितिमा मन थापा , हिमा खडका , उर्मिला रोका , बिश्वास पौडेल  र बिन्दु क्षेत्री रहनु  भएको छ । समितिको संरक्षकहरुमा हिक्मत थापा , संजीव क्षेत्री र बिदुर घिमिरे  रहनु भएको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित