पोर्चुगलमा कोरोना दर तीब्र बन्दै, पछिल्लो २४ घण्टामा २ हजार २०३ संक्रमित, १५ जनाको मृत्यु

पोर्चुगलमा कोरोना दर तीब्र बन्दै, पछिल्लो २४ घण्टामा २ हजार २०३ संक्रमित, १५ जनाको मृत्यु
युरोपनेपाली खबर २०७८ साउन १८ मंगलबार, 04-08-2021


लिस्बन। पोचुगलमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १५ जनाले ज्यान गुमाएका छन्। त्यस्तै सोही समयमा ३ हजार २०३ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य महानिर्देशनालयले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा उत्तरी क्षेत्रमा ७ जना, लिस्बनमा ५ जना, मध्यक्षेत्रमा २ जना र अल्गार्भमा एक जना रहेका छन्।

त्यस्तै सबैभन्दा बढी संक्रमण दर लिस्बनमा देखिएको छ। आज मात्रै लिस्बनमा १२६२ जना, उत्तरी क्षेत्रमा ३५६ जना, अल्गार्भमा २९७ जना , अलेन्तेजोमा १३८ जना असोरेसमा ६४ जना र मदेइरामा ५१ जना रहेका छन्।

संक्रमितहरुमध्ये ९१९ जनाको देशका विभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ, यो संख्या अधिल्लो दिनको तुलनामा २६ ले कम हो। तर आइसियुमा भर्ना हुनेको संख्या भने कमी भएको छैन। स्वास्थ्य महानिर्देशनालयले दिएको जानकारी अनुसार २०४ जना आइसियुमा उपचारत छन्।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित