एनआरएनए पोर्चुगलको निर्वाचन स्थगित तीन क्षेत्रमा अनलाइन मतदान हुने, मतदाताहरु खुशी

एनआरएनए पोर्चुगलको निर्वाचन स्थगित  तीन क्षेत्रमा अनलाइन मतदान हुने, मतदाताहरु खुशी
युरोपनेपाली खबर २०७८ साउन २२ शनिबार, 07-08-2021


युरोपनेपाली खबर, लिस्बन । एनआरएनए पोर्चुगलको गत अगस्ट १ गते भएको निर्वाचनमा विविध प्राविधिक कारणहरुबाट लिस्बन बाहिरको अल्गार्भ, अलेन्तेजु र नर्थ क्षेत्रको निर्वाचन ती क्षेत्रहरुका क्षेत्रीय समितिको माग र आग्रह बमोजिम अब अनलाइन मतदान हुने भएको छ ।

एनआरएनए क्षेत्रीय समिति अल्गार्भ, अलेन्तेजु र नर्थले बढ्दो कोरोना संक्रमणको जटिलता, भौगोलिक कठिनाइ र ती क्षेत्रहरुमा रोजगारीमा रहेका साथीहरूको समय व्यबस्थापनलाई समेत मध्यनजर गरी अनलाइन भोटिङको व्यबस्था गर्न निर्वाचन समितिसंग आफुहरुले लिखित माग गरेको  क्षेत्रीय समितिका अध्यक्षहरुले जनाएका छन् ।   

क्षेत्रीय समिति र सम्बन्धित क्षेत्रका मतदाताको माग बमोजिम एनआरएनए पोर्चुगलको निर्वाचन समितिले आगामी अगस्ट १० तारिख मंगलबार बिहान १० बजेदेखि राति १० बजेसम्मलाई अनलाइन मतदान हुने निर्णय गरी आज सूचना सार्वजनिक गरेको छ ।

उक्त निर्वाचनका लागि एनआरएनए अमेरिका, स्पेन र जर्मनीको सफलतापूर्वक मतदान सम्पन्न गराइ सकेको विश्वसनीय र अनुभवी विश्वस्तरीय स्पेनको कम्पनीलाई दिने बारेमा छलफल र तयारी भएको निर्वाचन समिति सम्बद्ध अधिकारीहरुले जनाएका छन् ।  

निर्वाचन भोटिङको प्रक्रियाले आफुहरुलाइ सहज सुविधा पुगेको भनेर सम्बन्धित क्षेत्रका मतदाता र क्षेत्रीय समितिहरुले खुशी व्यक्त गरेका छन् ।    

स्मरण रहोस्  यस अघि राजधानी लिस्बनमा गत अगस्ट १ तारिख मतदान सम्पन्न भइ सकेको छ, जहाँ ११२३ मतदाता थिए, त्यसमा ६३४ मत खसेको थियो । मतदान हुन बाँकी क्षेत्रहरु अल्गार्भमा २३६ अलेन्तेजुमा २३८ र नर्थमा ९१  मतदाता रहेका छन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित