एनआरएनए पोर्चुगल अनलाइन भोटिङ्गको तयारी पूरा, भोलि बिहान १० बजेदेखि बेलुका १० बजे सम्म मतदानको समय

एनआरएनए पोर्चुगल अनलाइन भोटिङ्गको तयारी पूरा, भोलि बिहान १० बजेदेखि  बेलुका १० बजे सम्म मतदानको समय
युरोपनेपाली खबर २०७८ साउन २३ सोमबार, 09-08-2021


युरोपनेपाली खबर, लिस्वन । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् पोर्चुगलको बाँकी अल्गार्भ, अलेन्तेजु र नर्थ तीन क्षेत्र  तयारी पूरा भएको निर्वाचन समितिले जनाएको छ ।  अल्गार्भ,अलेन्तेजो र नर्थ क्षेत्रमा ‘अनलाइन भोटिङ’ मार्फत एकसाथ निर्बाचन हुँदैछ । पोर्चुगलमा पहिलो पटक अनलाइन भोटिङ्ग हुने कुराले मतदातामा जिज्ञासा र उत्साह देखिएको छ ।

एनआरएनए केन्द्र र युरोपले पनि पोर्चुगललाई बाकी निर्वाचन क्षेत्रमा अनलाइन मार्फत मतदान गर्न स्वीकृत दिइ सकेको युरोप संयोजक नारायण आचार्यले प्रतिक्रिया दिए ।  निर्बाचन समितिका अनुसार तीनै क्षेत्रमा निर्बाचनको तयारी पूरा भइसकेको छ । समितिका संयोजक रमेश कुमार गुरुङले ‘अनलाइन भोटिङ’ का लागि विश्व स्तरको स्पेनिस कम्पनीलाई जिम्मा दिएकोले  निर्बाचनप्रति शंका नगर्न सबैलाई आग्रह गरेका छन । ‘हामी प्राविधिक रुपले तम्तयार छौं ।’ उनले भने, ‘अनलाइन भोटिङ’ मार्फत सबैले मताधिकारको सहज ढंगले प्रयोग गर्न पाउनेछन ।’ उनले निर्बाचनमा सक्रिय सहभागिताका लागि पञ्जिकृत सदस्यहरुलाई आग्रह गरेका छन ।

समितिका सदस्य शिव प्रसाद अधिकारीले अबको केही समयमा अनलाइनमार्फत कसरी मतदान गर्ने भन्ने बारेमा सबैलाई जानकारी दिने बताएका छन । उनले मतदान गर्दा राम्रोसँग पढेर, आफ्नो उम्मेद्वार चिनेर र हतार नगरी मतदान गर्नका लागि आग्रह गरेका छन ।

आसन्न निर्बाचनमा कुल एक हजार ६८८ पञ्जिकृत सदस्यमध्ये अल्गार्भ, अलेन्तेजो र नर्थ क्षेत्रमा मात्रै कुल ५६५ सदस्य छन । निर्बाचनमार्फत नर्थमा ९१, अल्गार्भमा २३६ र अलेन्तेजोमा २३८ सदस्यले मत खसाल्नेछन । यसअघि लिस्वनमा ६३४ मत खसेको छ । 

समितिले यसअघि अगष्ट १ मा राजधानी लिस्वनसहित चारवटै क्षेत्रमा निर्बाचन गर्नका लागि कार्यतालिका सार्बजनिक गरेको थियो । तर केही प्राविधिक कारणले लिस्वनबाहेकका क्षेत्रमा निर्बाचन स्थगित भएको थियो । समितिले सो क्षेत्रमा आइतबार अर्थात अगष्ट ८ मा निर्बाचन गर्ने भनिएपनि सफ्टवेयरको प्राविधिक कारणले १० तारिख निर्वाचन सरेको हो ।

यता क्षेत्रीय समितिका अध्यक्षहरुले पनि संघलाई ‘अनलाइन भोटिङ’ गर्नका लागि लिखित लिखित निवेदनबाट  केन्द्रलाई दवाव दिदैं आएका छन ।  उनले सबैलाई चित्त बुझ्ने गरी निर्बाचन हुने विश्वास व्यक्त गरे ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित