बैंक र विभिन्न व्यक्तिबाट करोडौं ठग्ने केदार ढुंगाना पोर्चुगलबाट पक्राउ

बैंक र विभिन्न व्यक्तिबाट करोडौं ठग्ने केदार ढुंगाना पोर्चुगलबाट पक्राउ
युरोपनेपाली खबर २०७८ साउन ३० शनिबार, 14-08-2021


लिस्वन । नेपालमा बैङ्कसहित विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेर पोर्चुगल आएका एक व्यक्ति पक्राउ परेका छन । डीएसपी निशान्त श्रीवास्तवको इन्टरपोलको टोली पोर्चुगल आएर काभ्रेपलाञ्चोक जिल्ला साबिकको सापिङ गाविस ४ र हालको भुम्लु गाउँपालिका १ का केदार ढुङ्गानालाई पक्राउ गरेर शनिबार नेपाल लगिएको हो ।

ढुङ्गानाले तत्कालीन इनडीइपी डेभलपमेण्ट बैङ्क (हालको देवः विकास बैङ्क) सहित अन्य कयौँ व्यक्तिलाई ठगी गरेको उजुरी केन्द्रीय अनुसन्धान व्युरोमा (सीआईबी) मा परेको थियो । ढुङ्गानाको गिरोहलाई बैङ्कले विभिन्न पटक गरी करिब २ करोड रुपैयाँ ऋण दिएको थियो ।

सीआईबीले लामो अनुसन्धान गर्दै २०७५ सालमा तत्कालीन एनडीइपी डेभलपमेण्ट बैङ्क र देव विकास बैङ्क ठगी प्रकरणमा काभ्रेको भुम्लु गाउँपालिका वडा नं १ का नारायणबहादुर श्रेष्ठ, सोही वडाका सदस्यसमेत रहेका बालकृष्ण श्रेष्ठ, चेतबहादुर श्रेष्ठ, विकास श्रेष्ठ, नवीन श्रेष्ठ र काभ्रेकै चौबास–४ घर भएका कृष्णबहादुर खत्रीलाई पक्राउ गरेको थियो ।

त्यस्तै पर्साको वीरगञ्ज घर भई ललितपुरको ज्वागल बस्ने नरेशमान सिंह (बैङ्कका भ्यालुएटर) र काठमाडौँ महानगरपालिका–२३ सरिनशंकर श्रेष्ठ (देव विकास बैङ्कका तत्कालीन ब्राञ्च म्यानेजर) लाई पनि प्रहरीले पक्राउ ग¥यो । घटनाको मुख्य योजनाकार मानिएका केदार ढुङ्गाना भने फरार भइसकेका थिए । मुख्य योजनाकार एक पात्र अर्थात् केदार ढुङ्गाना, युरोपमा बिजनेस गरेर बसिरहेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित