विदेशी नागरिकता र पासपोर्ट लिएकाहरू जनसम्पर्क समितिको अध्यक्ष र महाअधिवेशन प्रतिनिधि हुन नपाउने

विदेशी नागरिकता र पासपोर्ट लिएकाहरू जनसम्पर्क समितिको अध्यक्ष र महाअधिवेशन प्रतिनिधि हुन नपाउने
युरोपनेपाली खबर २०७८ साउन ३२ सोमबार, 16-08-2021


लिस्बन । नेपाली काग्रेसको पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको निवास बुढानिकलण्ठमा शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले नेपाली जनसम्पर्क समिति सम्वन्धि महत्पूर्ण निर्णय गरेको छ । जस अनुसार विदेश स्थित नेपाली काग्रेसको भातृ संगठन नेपाली जनसम्पर्क समितिको अध्यक्ष र नेपाली जनसम्पर्क समितिबाट पार्टीको महाधिवेशन प्रतिनिधि हुनका लागि नेपाली कांग्रेसको क्रियाशील सदस्यता प्राप्त गरेको नेपाली नागरिक हुनु पर्नेछ स्पस्ट पारिएको छ ।

अहिलेसम्म देखिएको अन्यौललाई चिर्दै पार्टी विधान एवं नियमावली अनुसार गरिएको यो निर्णयले विदेशी नागरिकता र पासपोर्ट लिएका नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरू एवं क्रियाशिल सदस्यहरू नेपाली कांग्रेसको आगामी १४ औ महाअधिवेशनमा प्रतिनिधिको रूपमा भाग लिन पाउने छैनन् ।

यसले बेलायत, अमेरिका, पोर्चुगल, अष्ट्रेलिया जस्ता देशमा रहेका जनसम्पर्क समितिमा लामो समयसम्म काम गरेका कार्यकर्तालाई प्रत्यक्ष असर पर्ने देखिन्छ ।

पार्टीको निर्णयले नेपाली जनसम्पर्क समितिको कार्यसमितिको अध्यक्ष र महाअधिवेशन प्रतिनिधिका लागि क्रियाशिल सदस्य लिएको नेपाली नागरिक हुनुपर्ने अनिवार्य निर्णय गरेपनि कार्यसमितिको अन्य पदाधिकारी र जनसम्पर्क समितको सदस्यता लिनका लागि नेपाली नागरिकता हुनै पर्ने किटान नगरेकोले सदस्यता लिने प्रावधान खुकुलो बनाएको देखिएको छ ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकले यही भदौ १६ देखि सुरू हुने भनेको १४ औं महाअधिवेशनको समय तालिका परिवर्तन गरी मंसीर ९ देखि १३ सम्म गर्ने निर्णय गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित