गोर्खाको आमरण अनसन १३ औँ दिनमा तोडियो, दुई देशबीच वार्ताको सहमति

गोर्खाको आमरण अनसन १३ औँ दिनमा तोडियो, दुई देशबीच वार्ताको सहमति
युरोपनेपाली खबर २०७८ भदौ ३ बिहीबार, 19-08-2021


लन्डन । समान अधिकारको मागसहित भूतपूर्व गोर्खाहरुले लन्डनमा गरेको आमरण अनसन अन्त्य गरेका छन् ।  

गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्तात्रय ज्ञानराज राई, धन गुरुङ र पुष्प राना घलेले बेलायती प्रधानमन्त्रीको कार्यालयबाहिर आमरण अनसन बसेको तेह्रौं दिनमा बिहीबार अनसन तोडेका हुन् ।  

सत्याग्रह समितिकी महासचिव सइन्द्र केसीले गोर्खाहरुको मागका सम्बन्धमा बेलायत सरकारले एक महिनाभित्रमा नेपाल सरकारसँग वार्ता गर्ने प्रतिवद्धता जनाएपछि अनसन तोडिएको हो ।   

बेलायत सरकारका रक्षा राज्यमन्त्री लियो डोचेर्टी, बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी लगायत अनसनस्थल पुगेर सत्याग्रहीहरुलाई जुस पिलाएर अनसन तोडाएका थिए ।  

भूपू गोर्खालाई समान अधिकारको माग गर्दै गोर्खा सत्याग्रह समितिका तीन अभियन्ताहरु गत अगस्ट ७ तारिखदेखि आमरण अनसनमा थिए ।

उनीहरुको यो आन्दोलनमा बेलायतस्थित नेपाली संघसंस्था र सिंगो नेपाली समुदायले ऐक्यवद्धता प्रकट गरेको थियो ।  

साथै, बेलायतका भेट्रानहरु, विभिन्न राजनीतिक दल तथा नेता र आम समुदायले समेत उनीहरुलाई व्यापक रुपमा समर्थन जनाएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित