एमालेको दशौं महाधिवेशन मंसिर १०, ११ र १२ मा, सबै संरचना २०७५ जेठ २ गते अघिको क्रियाशील, उच्चस्तरीय कार्यादल निर्माण, एकताको सन्देश दिन सामुहिक फोटो सेसन

एमालेको दशौं महाधिवेशन मंसिर १०, ११ र १२ मा, सबै संरचना २०७५ जेठ २ गते अघिको क्रियाशील, उच्चस्तरीय कार्यादल निर्माण, एकताको सन्देश दिन सामुहिक फोटो सेसन
युरोपनेपाली खबर २०७८ भदौ ८ मंगलबार, 24-08-2021


काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयन क्रममा उत्पन्न हुने समस्या समाधान गर्न कार्यदल गठन गरेको छ । स्थायी कमिटीको मंगलबार बसेको बैठकले १० प्रतिशत केन्द्रीय सदस्य मनोनयन सिफारिससमेत गर्न सो कार्यदल बनाएको हो ।

कार्यदलमा महासचिव ईश्वर पोखरेलसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे तथाा लेखराज भट्ट रहेको बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश, जिल्लालगायत सबै तहका कमिटी र जनसंगठनहरुलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको ज्ञवालीले बताए ।

माधव नेपालको पार्टीमा गएकाहरुको हकमा कार्यदलले टुंगो लगाउने भएको छ । त्यस्तै केन्द्रीय निकाय र विभागहरुलाई पूर्णता दिने पनि यही कार्यदललाई जिम्मा छ ।

सदस्यता नवीकरणलाई पनि २०७५ जेठ २ गतेको सदस्यतालाई आधार बनाउने र एकीकरणमा आवद्ध भएका र २०७५ जेठ ३ पछि सदस्यता प्रदान गरिएका पार्टी सदस्यहरुको सदस्यता समेत सम्बन्धित जिल्ला कमिटीले नवीकरण गर्ने बैठकले निर्णय गरेको छ ।

बैठकपछि एकताको सन्देश दिन सामूहिक फोटोसेसन गरियो । फोटोसेसन गर्दा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दायाँ र बायाँ क्रमश: उपाध्यक्षद्वय युवराज ज्ञवाली र भीम रावल थिए । उनीहरू दुवै माधव नेपालबाट अलग भएर मूलधारमा आएका हुन् ।

एमाले पार्टी कार्यालयमा रहेको तुल्सीलाल अमात्यको सालिकअगाडि फोटोसेसन भएको थियो । तस्बिरमा सबै नेताहरू हर्षित मुद्रामा देखिएका छन् ।

गत पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि स्थायी कमिटी बैठकमा पहिलोपटक माधव नेपाल समूहको ठूलो हिस्सा सहभागी भएको हो ।

नेकपा एमालेको दशौं महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते आयोजना हुने भएको छ । माधव नेपाल छाडेर फर्किएका स्थायी कमिटी सदस्यसहितको बैठकले सहमतिका आधारमा महाधिवेशनको मिति तोकेको हो ।

त्यस्तै भदौ २७ र २८ गतेलाई तोकिएको विधान महाधिवेशन पनि सरेको छ । विधान महाधिवेशन असोज पहिलो ५ र ६ गते हुने भएको छ ।

स्थानीय तहका अधिवशेनहरुको मिति पनि सारिएको छ ।

बैठकले सबै प्रदेश समन्वय कमिटी र जिल्ला कमिटीहरूलाई २०७५ जेठ २ अघिकै संरचनाबाट क्रियाशील हुन निर्देशन दिएको छ ।                                                                 नेकपा एमालेले १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाएको छ।

यस्तैगरि मंगलबार ललितपुरको तुल्सीलाल अमात्य प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले कार्यदल बनाउने निर्णय गरेको छ।

उक्त कार्यदलमा ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।

१० बुँदे प्रस्ताव कार्यान्वय सम्बन्धमा विभिन्न ८ निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

यस्ता छन् निर्णय:

१.पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वयन कमिटी जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरूलाई २०७५ साल जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने। १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रूपमा मातहत कमिटी तथा पार्टी सदस्य समक्ष प्रेसित गर्ने। 

२. १० बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुन सक्ने समस्या समाधान गर्न कार्यदल बनाइएको छ। उक्त कार्यदलमा ईश्वर पोखरेल, भीम रावल विष्णु पौडेल,  घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेका छन्।

३.२०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नविकरण अगाडि बढाइने। नविकरणको क्रममा एकीकरणको क्रममा आवद्ध भएका सदस्यहरूको पनि नविकरण गरिने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यहरूको पनि नविकरण असोज मसान्तसम्म गर्ने निर्णय भएको छ।

४. पार्टीको विधान महाधिवेशन यही असोज ४,५ र ६ गते काठमाडौंमा गर्ने र पार्टीको १० औं महाधिवेशन २०७८ मंसिर १०, ११ र १२ मा गर्ने निर्णय। विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटी बैठक  आयोजना।

५.पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्नको लागि देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सो सरहका कमिटीको अधिवेशन गर्ने।

६.पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्नको लागि २०७८ साल भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकहरूको उपस्थितिमा सबै जिल्लामा जिल्ला कार्यकर्ता भेला  र जनसंगठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिनेछ।

७.पार्टी केन्द्रीय कमिटीको बैठक भदौ १० गते काठमाडौंमा आयोजना हुनेछ।

८. यसलगायत अन्य निर्णय र यसको दूरगामी परिणाम र समसामयिक राजनीतिक प्रभाव र राजनीतिक स्थितिबारे प्रष्ट पार्न भोलि पार्टी अध्यक्षलगायत नेताको उपस्थितिमा ११ बजे पत्रकार सम्मेलन गरिने।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित