नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल शाखा प्रमुखमा राम सापकोटा चयन

नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल शाखा प्रमुखमा राम सापकोटा चयन
युरोपनेपाली खबर २०७८ भदौ १३ आइतबार, 29-08-2021


लिस्वन । राम प्रसाद सापकोटा नेपाली कांग्रेस केन्द्रीय तरुण विभागको पोर्चुगल क्षेत्रको शाखा प्रमुखमा मनोनित भएका छन । उनलाई नेपाली कांग्रेस केन्द्रीय तरुण विभागले शाखा प्रमुखमा मनोनित गरेको हो ।

तनहुँ घर भई हाल पोर्चुगलमा बस्दै आएका सापकोटालाई प्रवासमा लोकतन्त्रमा आस्था राख्ने तरुणहरुसँग समन्वय गरी संगठन र पार्टीलाई थप बलियो बनाउन शाखा प्रमुखमा मनोनित गरेको हो । तरुण विभाग प्रमुख समेत रहेका पार्टीका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री शंकर भण्डारीले सापकोटालाई एक पत्र पठाउँदै पार्टी र संगठनलाई आफ्नो स्थानबाट सहयोग पु¥याउन आग्रह गरेका छन ।

सापकोटा नेपाली जनसम्पर्क समिति पोर्चुगलका कार्य समिति सदस्य समेत हुन । उनले बन्दिपुरमा रहँदा पार्टीको सचिब भएर काम समेत गरिसकेका छन ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित