जनसम्पर्क समिति पोर्चुगलका ५४३ क्रियाशील सदस्य, १९ लाख सदस्यता शुल्क केन्द्रमा पठायो

जनसम्पर्क समिति पोर्चुगलका ५४३ क्रियाशील सदस्य,  १९ लाख सदस्यता शुल्क केन्द्रमा पठायो
युरोपनेपाली खबर २०७८ भदौ १३ आइतबार, 29-08-2021


लिस्बन । नेपाली जनसम्पर्क समिति पोर्चुगलले क्रियाशिल सदस्यहरुको नामावली टुङ्ग्याएर केन्द्रमा पठाएको छ । शनिबार बसेको समितिको बैठकले ५४३ जना क्रियाशिल सदस्यहरुको नामावलीलाई अन्तिम रुप दिएको हो ।

समितिले ३८ जना सदस्यको नविकरण र बाँकी ५०५ जना सदस्यलाई नयाँ क्रियाशिलता दिएको हो । कुल ५४३ सदस्यबाट ३० युरोका दरले १९ लाख पाँच हजार रुपैयाँ संकलन भएको छ । ५४३ जना क्रियाशिल सदस्यको नामावली र सदस्यता शुल्क वापतको रकम केन्द्रमा पठाएको जसस पोर्चुगलका कार्यबाहक अध्यक्ष वकिल केसीले जानकारी दिए । यो सँगै पार्टीको आगामी चौधौं महाधिवेशनमा पोर्चुगलबाट तीन जना महासमिति सदस्य र चार जना महाधिवेशन प्रतिनीधि सहभागि हुन पाउने भएका छन ।

जससले पोर्चुगलमा विगत ६ महिना अघिदेखि क्रियाशिल सदस्यता नविकरण तथा बिस्तार अभियान सुरु भएको थियो । क्रियाशिल सदस्यको नामावली टुङ्गिएकोले अब समितिले अधिवेशन गर्नुपर्नेछ । यो सँगै जसस पोर्चुगलमा चुनावी सरगर्मी पनि सुरु भएको छ । नेतृत्वसहित अन्य पदमा आकांक्षीहरु धेरै भएकोले यहाँको अधिवेशनलाई बिशेष रुपमा हेरिएको छ ।

जसस पोर्चुगलको अधिवेशनका नेतृत्वको लागि चर्को प्रतिस्पर्धा हुने ठानिएको छ । भित्री रूपमा अध्यक्ष लगायतका पदाधिकारीहरुमा विभिन्न व्यक्तिहरुले लविङ सुरु गरेको बुझिएको छ ।

केन्द्रले युरोपका जससहरुको निर्धारित मितिमै अधिवेशन गराउनका लागि नेपाली काङ्ग्रेस जनसम्पर्क समिति समन्वय विभागका सदस्य दिल गुरुङलाई जिम्मेवारी दिएको छ । गुरुङले पोर्चुगलसहित युरोपभित्रका १५ वटा नेपाली जनसम्पर्क समितिहरुको अधिवेशन गराउनु पर्नेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित