कोरोना जोखिमबाट बच्ने उपाय सहित यसवर्ष पनि नेपाली नारी समाज पोर्तुगलले तिज मनाउने

कोरोना जोखिमबाट बच्ने उपाय सहित यसवर्ष पनि नेपाली नारी समाज पोर्तुगलले तिज मनाउने
युरोपनेपाली खबर २०७८ भदौ १४ सोमबार, 30-08-2021


लिस्बन । कोरोनाको जोखिमबाट बच्ने उपाय अपनाउदै यसवर्ष पनि नेपाली नारी समाज पोर्तुगलले तिज मनाउने भएको छ । कार्यक्रम हल भित्र प्रवेश गर्नुअघी  तापक्रम चेक हुने, अनिवार्य मास्कको प्रयोग गर्नुपर्ने, सेनेटाइजरले हात धोएर मात्र हल भित्र प्रवेश गराउने समाजले जनाएको छ । साङेतिक कार्यक्रम चलिरहदा सबै एकै ठाँउमा भेला भइ नृत्य गर्न नपाउने तर ८/१० जनाको ग्रुप बनाइ सामुहिक नृत्य गर्न भने पाइने समाजले जनाएको छ । 

 अघिल्ला वर्षहरुमा जस्तै यसवर्ष पनि समाजले धर्म संस्कृतिको संरक्षण र संम्वर्द्वन गर्ने उद्वेश्यले कार्यक्रम गर्न लागिएको समाजकी कार्यबाहक अध्यक्ष ज्योत्स्ना अधिकारीले जानकारी दिनुभयो । 

तिज कार्यक्रम वार्षिक कार्यक्रम अन्तर्गत पर्ने बताउदै उहाँले सुरक्षाको मापदण्ड अपनाउदै पोर्तुगल सरकारको नियमलाई मध्यनजर गर्दै कार्यक्रम गरिने बताउनु भयो । 

कोरोनाले विश्व आक्रान्त भैरहदा पछिल्लो समय पोर्तुगलमा भने खोप लगाउनेको संख्यामा भने वृद्धि भएको छ । सोही कुरालाई मध्यनजर गर्दै पोर्तुगल सरकारले सेप्टेम्बरबाट मास्क समेत प्रतिबन्ध गर्ने जनाएको छ । 

४ सेप्टेम्बर शनिबार ३ बजेबाट शुरु हुने  "तिज विशेष  कार्यक्रम" मा मेडिकल सामाग्री सहितको टोलि रहने समाजकी महासचिव पुनम गौतमले जानकारी दिनुभयो । मार्टि मुनिजमा रहेको चिचिपापा स्न्याक बारमा आयोजना गर्न लागिएको कार्यक्रम नेपाली नारी समाज पोर्तुगलले, पोर्तुगलमा बसोबास गर्नुहुने सम्पूर्ण नेपाली दिदिबहिनीहरुको माइतीको आँगन भएको बताउदै उहाँले समयानुकूल मिलाएर रेस्टुरेन्टमा आएर नाच्नको लागि सबै दिदिबहिनीहरुलाई अनुरोध समेत गर्नुभयो । समाजले सो दिन कुनैपनी कार्यक्रम नजुधाइ कार्यक्रम सफल बनाउन सहयोग गरिदिनुहुन पोर्तुगलमा रहेका सम्पूर्ण संघ-संस्थालाई आग्रह समेत गरेको छ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित