यी हुन् अगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक

यी हुन् अगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक
युरोपनेपाली खबर २०७८ भदौ १५ मंगलबार 31-08-2021


यी अफगानिस्तान छाड्ने अन्तिम अमेरिकी सैनिक हुन् । उनी सोमबार मध्यरात हुनैलाग्दा सैन्य विमान चढ्न लाग्दाको तस्बिर हो यो ।

मेजर जनरल क्रिस डोनहुईले अफगानिस्तानको भुई छाडेलगत्तै २० वर्ष लामो अमेरिकी सैन्य उपस्थितिको औपचारिक अन्त भएको थियो । मध्यरात नहुँदै उनी विमानमा पाइला टेकेर ३१ अगष्टमा सम्पूर्ण अमेरिकी सैनिक फिर्ता भइसक्ने सहमति पालना गरिएको थियो ।

अफगानिस्तान छाड्दा जनरल डोनहुईले बायाँ हातले राइफल बोकेका थिए । रातमा खिचिएको यो तस्बिर अमेरिकी रक्षा मन्त्रालयले ट्वीटमार्फत् सार्वजनिक गरेको हो ।

यो तस्बिरलाई सन् १९८९ मा सोभियत संघले अफगानिस्तान छाड्दा एकजना सैनिकको अन्तिम तस्बिरसँग तुलना गरिएको छ । त्यतिबेला उज्वेकस्तानस्थित मैत्रीपूर्ण पुलमा रेड आर्मीका सेनाले अफगानिस्तान छाडेका थिए । सोभियत संघका सैन्य कमाण्डर बोरिय ग्रोमोभले हातमा फूल लिएर अफगानिस्तान छाडेका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित