एनआरएनए यूरोप संयोजकमा स्पेनका मुक्त गुरुङले उम्मेदवारी दिने

एनआरएनए यूरोप संयोजकमा स्पेनका मुक्त गुरुङले  उम्मेदवारी दिने
युरोपनेपाली खबर २०७८ भदौ १७ शुक्रबार, 03-09-2021


स्पेन । गैरआवासीय नेपाली संघ, अन्तराष्ट्रिय परिषद्को आगामी कार्यकाल २०२१-२३ को लागि यूरोप संयोजक पदमा बर्तमान यूरोप उपसंयोजक मुक्तबहादुर गुरुङले उम्मेदवारी दिनुहुने भएको छ । एक दशक भन्दा लामो समयदेखि एनआरएन अभियानमा सक्रियताका साथ लागिरहेका गुरुङले एनआरएनको संस्थागत विकासका लागि प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता सहित  यूरोप संयोजक पदमा उम्मेदवारी घोषणा गरेको बताउनुभएको छ ।  

२ दशक देखि स्पेनको बार्सिलोनामा बस्दै आउनुभएका गुरुङ एनआरएनए स्पेनको २००९ – ११ कार्यकालमा उपाध्यक्ष हुनुहुन्थ्यो । त्यसपछि कार्यकाल २०१५ – १७ मा एनआरएनए स्पेनको अध्यक्ष हुनुभएका गुरुङले एनआरएनए स्पेनलाई संस्थागत गर्ने विषयमा ठुलो योगदान गर्नु भएको छ ।

एनआरएनए स्पेनलाई झोलामा अफिस बोकेर हिड्ने अबस्थाबाट माथि उठाएर आफ्नै कार्यालय  सञ्चालनको ब्यवस्था र अरु थुप्रै संस्थागत सुधारमा आफु लागेको उहाँले बताउनुभयो । गुरुङ कार्यकाल २०१७ – १९ मा आईसीसी सदस्य हुनुभयो भने हाल यूरोप उपसंयोजक रहनुभएको छ । 

यूरोप उपसंयोजकको रुपमा धेरै कामहरु गर्ने योजना रहेपनि कोरोना कालले गर्दा यो बीचमा कोरोनासँग लड्ने र त्यसका बिरुद्ध लड्न सहयोग आदानप्रदान गर्ने काममै धेरै समय बितेको उहाँले बताउनुुभयो । यूरोप उपसंयोजकको रुपमा गर्न नभ्याइएका धेरै कामहरु अब  यूरोप संयोजक भएर सम्पन्न गर्ने उहाँले बताउनुभयो ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित