एनआएनए धनी र सम्भ्रान्तहरुको होइन, सबैका लागि समान र साझा : सिम्खडा

एनआएनए धनी र सम्भ्रान्तहरुको होइन, सबैका लागि समान र साझा :  सिम्खडा
युरोपनेपाली खबर २०७८ भदौ १८ शनिबार, 04-09-2021


पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रिय सचिव पदका प्रत्यासी रामशरण सिम्खडाले एनआरएनमा राजनीतिक हस्तक्षेप अस्वीकार्य भएको बताएका छन् । 

एनआरएनएको दशौं महाधिवेशनको अवसरमा नेपाल पत्रकार महासंघ यूरोप शाखाले शनिबार  गरेको बहस कार्यक्रममा बोल्दै सिम्खडाले पार्टीगत राजनीति गर्नेहरुका लागि पार्टीका भातृ तथा शुभेच्छुक संगठन उचित हुने सुझाव दिए । एनआरएनएलाई गैरआवासीय नेपालीको साझा संस्था बनाउनुपर्ने सिम्खडाको भनाइ छ । 

एनआरएनएमा पार्टी निकट उमेद्वारलाई जिताउन भन्दै कांग्रेस महामन्त्रीले लेखेको पत्रप्रति लक्षित गर्दै सिम्खडाले कुनै पार्टीको कार्यालय तथा मन्त्रालयबाट एनआरएनका मतदान अधिकृतलाई दबाब दिनु वा पत्र लेख्नु निकै दुखःद भएको बताए । ‘सामाजिक, सेवामूलक संस्थामा राजनीति हस्तक्षेप हुनु असह्य छ,’ उनले भने । 

पछिल्लो समय एनआरएनएमा चुनाव जित्नका लागि जस्तोसुकै कदम चाल्न थालिएको भन्दै सिम्खडाले त्यसप्रति आपत्ति जनाए । ‘केन्द्रिय नेतृत्वमा धनी र सम्भ्रान्तहरुको बाहुल्यता बढ्दै गएकाले एनआरएनए सबै गैरआवासीय नेपालीको साझा संस्थाका रुपमा विकसित हुन नसकेको देखिन्छ । त्यसलाई चिर्न र संस्थालाई सबैको बनाउन मैले उमेद्वारी घोषणा गरेको हु“,’ सिम्खडाले भने । 

आफ्नो उमेद्वारी दलीय आधारमा वा गुटगत भागबण्डाका आधारमा नभएको सिम्खडाको दाबी छ । ‘म गुटगत वा दलगत नभइ कार्यशैली र एजेन्डाका आधारमा अध्यक्षका एक उमेद्वारस“ग सहकार्य गर्न तयार भएको हु“,’ उनले भने । सिम्खडा अध्यक्षका उमेद्वार बद्री केसीस“ग निकट हुन् । 

पछिल्लो समय एनआरएनए नेतृत्वले संस्थागत सुधार र विकासका क्षेत्रमा निकै काम गरेपनि अझै धेरै गर्न बाकी रहेको भन्दै आफू सचिव पदका लागि उमेद्वार बनेको बताए । एनआरएनएभित्र बौद्धिक तथा भद्र नेताका रुपमा परिचय बनाएका सिम्खडा हाल एनआरएनएका केन्द्रिय सदस्य तथा विधान संसोधन समितिका सहसंयोजक हुन् ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित