नेपाली नारी समाज पोर्चुगलले दर खुवाउँदै भव्यरूपमा मनायो तीज कार्यक्रम(फोटो फिचर)

नेपाली नारी समाज पोर्चुगलले दर खुवाउँदै भव्यरूपमा मनायो तीज कार्यक्रम(फोटो फिचर)
तस्वीर : फोटो दृष्टि
युरोपनेपाली खबर २०७८ भदौ १९ आइतबार, 04-09-2021

युनेख, लिस्बन । नेपाली नारी समाज पोर्चुगलले गतवर्ष जस्तै यसवर्ष पनि भव्य तरिकाले तिज मनाएको छ । 

शनिबार लिस्बनको मार्टिममुनिजमा दिदीबहिनीहरुलाई दर खुवाउँदै, नाच्दै गाउँदै भव्यरूपमा तीज मनाएको हो ।

दुई सत्रमा आयोजना गरिएको कार्यक्रममा पहिलो सत्रको औपचारिक कार्यक्रम ७५ बर्षिय इन्दिरा थापा प्रमुख अतिथि र लिस्बनस्थित अवैतनिक नेपाली महाबाणिज्यदुत मकरबहादुर हमाल बिशिस्ट अतिथिमा रहनुभएको थियो । त्यस्तै पोर्तुगलका लागि पर्यटनदुत रमेशकुमार गुरुङ, एनआरएनए आइसिसी सदस्यहरु नारायणकाजी मगर,  भिमसेन थापा, एनआरएनए पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सीता श्रेष्ठ, उपाध्यक्ष दीनेश भण्डारी, महिला उपाध्यक्ष दीपा काफ्ले, महासचिव राजकुमार थापा लगायत अन्य पदाधिकारीहरु सहित पोर्चुगलस्थित विभिन्न संघ-संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले पहिलो पटक माइक समाएर बोल्न पाउँदा खुशी लागेको बताउनु भयो । यसरी कार्यक्रमलाई सम्बोधन गर्ने अवसर दिएकोमा नेपाली नारी समाजलाई धन्यवाद दिदै उहाँले तिजको अवसरमा शुभकामना व्यक्त गर्नु भयो ।

सो अवसरमा एनआरएनए पोर्चुगलको नवनिर्वाचित समितिका पदाधिकारीहरुलाई समाजले बधाई तथा सम्मान गरेको थियो । औपचारिक कार्यक्रम समाजकी अध्यक्ष ज्योत्स्ना अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रम महासचिव पुनम गौतमले  संचालन गर्नुभएको थियो ।

नारी समाजले यसवर्ष कार्यक्रममा आएका सम्पूर्ण दिदिबहिनीहरुलाइ दर समेत खुवाएको थियो । परदेशी भूमिमा कार्य व्यस्तताका बावजुद पनि तीजको गीत संगीतको रमझमसंगै सांगितिक माहोलमा रातो कपडाले झकिझकाउ सझिएका दिदीबहिनीहरुले नृत्य मार्फत भरपुर मनोरञ्जन गरेका थिए । सो समयमा लिस्बनको माहोल साँझ मिनी नेपालमा परिणत भएको महसुस भएको  थियो । साँस्कृतिक समयमा चलेको कार्यक्रममा सहभागी दिदिबहिनीहरुले यसवर्ष कोठा भित्रै गरिएकै कार्यक्रम भएता पनि सबैजना खुशी हुँदै कार्यक्रम आयोजकलाई धन्यवाद दिएका थिए ।                                                      सम्पुर्ण तस्वीरहरु : फोटो दृष्टि 

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित