नेकपा ए-समाजवादीलाई अष्ट्रेलियाबाट समर्थन (बिज्ञप्ति सहित)

नेकपा ए-समाजवादीलाई अष्ट्रेलियाबाट  समर्थन (बिज्ञप्ति सहित)
युरोपनेपाली खबर २०७८ भदौ २१ सोमबार, 06-09-2021


सिड्नी । प्रवासी नेपाली मञ्च अष्टेलियाले नेकपा (एकीकृत समाजवादी) पार्टीलाई (समर्थन) गरेको छ । मञ्चले विज्ञप्ति जारी गर्दै अष्टेलियामा रहेका सम्पुर्ण वामपन्थीहरुलाई यस संगठनमा आवद्ध हुन अपिल समेत गरेको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले पार्टी संगठनको हितभन्दा पनि व्यक्तिगत स्वार्थमा रमाएको भन्दै माधव नेपाल नेृत्वको एस पार्टीलाई समर्थन जनाएको हो । पार्टीभित्रको अन्तरकलहरु मलजल गर्न केन्द्रीय नेताहरु मात्रै नभएर दोस्रो पुस्ताका नेतारु पनि उत्तिकै दोषीको भागीदार रहेको मञ्चले विज्ञप्तिमा उल्लेख गरेको छ ।

दुई तिहाईको सरकारको नेतृत्व गरिरहेका ओलीले पार्टी र सरकारको व्यवस्थापन सहि ढंगले गर्न नसकेको कारण पार्टी फुटेको र पटक—पटक संसद् विघटन गरेर असंवैधानिक कदम चालेको भन्दै आफुहरु दुई कित्तामा विभाजन बन्न पुगेको मञ्चले उल्लेख गरेको छ ।

‘एकपछि अर्को गर्दै पार्टी र सरकार प्रमुखबाट भए गरेका निर्णयहरु नेपालको संविधान २०७२ र प्रचलित नेपालको नियम कानुन् उलंघनको भएको ठहर सर्वोच्च अदालतले पटक-पटक गर्यो । पार्टी भित्रको अन्तरकलह मलजल गर्न केन्द्रीय नेताहरु मात्रै नभएर दोस्रो पुस्ताका नेतागणहरु पनि उत्तिकै दोषीको भागिदार हुुनहुन्छ । नेतृत्वको अभिष्ट पार्टी र संगठनको हित भन्दा पनि आ—आफ्नो हितमा रमाको देखियो’, मञ्चको अध्यक्ष राजनकुमार बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ । ‘प्रवासी नेपाली मञ्च अष्ट्रेलिया (समानन्तर कमिटी), नेकपा (एकीकृत समाजवादी)लाई समर्थन गर्दछ ।’

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित