एनआरएनए दसौं महाधिवेशनका लागि प्रतिनिधि सार्वजनिक, विवरण सच्याउने र दावी विरोधको म्याद सेप्टेम्बर १२ सम्म

एनआरएनए दसौं महाधिवेशनका लागि  प्रतिनिधि सार्वजनिक, विवरण सच्याउने र दावी विरोधको म्याद सेप्टेम्बर १२ सम्म
युरोपनेपाली खबर 9/7/2021

लिस्बन, पोर्चुगल । गैरआवासीय नेपाली संघको १०औ महाधिवेशनमा भाग लिने प्रतिनिधिको प्रारम्भिक नामावाली प्रकाशन भएको छ। डकुमेन्ट, सेल्फी र विवरण छुटेका प्रतिनिधिहरुले सेप्टेम्बर १२ तारिख सम्म पठाइ सक्नु पर्नेछ ।  प्रतिनिधि माथी दाबा विरोध पनि यहि मिति सम्म गर्नु पर्नेछ । बिस्तृत विवरण संघको वेभसाईट र फेसबुक मार्फत प्रकाशन गरिएको छ। 

नामावली यहाँ हेर्नूहोस्:  

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को अक्टोबरमा हुने १० औं अन्तर्राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचन सम्पन्न गर्नका लागि आन्तरिक तयारी भइरहेको छ । निर्वाचनका लागि विभिन्न देशबाट केन्द्रिय प्रतिनिधिको नामावली सचिवालयमा आइसकेको छ । प्रथम चरणको नामावली संघको वेवसाइटको लिंकमा प्रकाशित गरिएको छ ।

यही आउने १२ सेप्टेम्बर २०२१ नेपाली समय बेलुका ५ बजे भित्र तल अनुसारको विवरण सचिवालयमा पठाउन हुन राष्ट्रिय समन्वय परिषद र पञ्जिकृत सदस्यहरुलाई अनुरोध गरिन्छ । तलका विवरण समय अबधी भित्र प्राप्त हुन नसके महाधिवेशन अन्तर्गतको मतदान सहितको निर्वाचनमा भागलिने आधिकारीता प्राप्त नहुने समेत निर्देशन अनुसार जानकारी गराउंदछौ ।

· सचिवालयले प्रकाशित गरेको सूचिमा उल्लेख भए अनुसार सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित हुने र गैरआवासीय नेपालीको हैसियत खुल्ले कागजात छैन भने प्रतिनिधि स्वयंम वा एनसिसिले contact@nrna.org मा पठाउनु पर्नेछ।

- सचिवलायले प्रकाशित गरेको प्रतिनिधिको सूचिमा सेल्फी पठाउन छुटेका भनि उल्लेख भएका प्रतिनिधिहरुले स्मार्ट एनआरएनए Apps मार्फत सेल्फी लिने ।

· पंजिकृत सदस्यता शुल्क बुझाउन बाँकी रहेका एनसिसिहरुले १२ सेप्टेम्बर २०२१ भित्र तलको खातामा पंजिकृत सदस्यता शुल्क जम्मा गर्ने ।

Account No : 024010010000526

Beneficiary : NRNA

Bank : Sanima Bank Limited

Branch : Teku, Kathmandu

Swift : SNMANPKA

-प्रतिनिधि माथीको दाबाबिरोध निम्न अनुसारको विवरण खुलाएर दिन सकिने छ:

– कसको लागि दाबा बिरोध गरिएको हो (नाम, राष्ट्रिय समन्वय परिषद् र सदस्यता न सहित),

– के कारणले दाबा बिरोध गरिएको हो उल्लेख गर्ने ।

– कसले दाबा बिरोध गरेको हो (नाम, राष्ट्रिय समन्वय परिषद् सदस्यता नं, ईमेल, फोन न सहित) । आबश्यक पर्यो भने सचिवालयले सम्पर्क गर्ने छ ।

– एमआईएस प्रणालीमा माथि उल्लेखित मिति र समय सम्म आएका सदस्यहरुको विवरण आधारमा प्रतिनिधीको साख्या तोकिने छ ।

– एनसिसि अमेरिका र अष्ट्रेलियाका पंजिकृत सदस्यहरुको विवरण सहित डेलिगेष्टसहरुको माथी उल्ल्लेख गरेको विवरण र तोकिएको मिति सम्म सचिवालयमा पठाउनु पर्ने र प्रतिनिधिहरुले एमआईएस प्रणालीबाट सम्बन्धित देशमा बसोबास गरेको प्रमाणित हुने र गैरआवासीय नेपालीको हैसियत खुल्ने कागजाउने बुझाउनु पर्नेछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित