रविना-विनय टिमले भब्य कार्यक्रमकाबीच औपचारिक उम्मेदवारी घोषणा गर्ने

रविना-विनय टिमले भब्य कार्यक्रमकाबीच औपचारिक उम्मेदवारी घोषणा गर्ने
युरोपनेपाली खबर २०७८ भदौ २२ मंगलबार, 07-09-2021


लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी निर्वाचनमा अध्यक्षकी प्रत्यासी रविना थापा टिमले भब्य कार्यक्रमकाबीच औपचारिक उम्मेदवारी घोषणा गर्ने भएको छ । थापा टिमले एक भब्य कार्यक्रमको आयोजना गरि औपचारिक उम्मेदवारी घोषणा गर्ने भएको हो ।

थापा टिमको मंगलबार बसेको बैठकले एनआरएन अभियन्ता, विभिन्न राजनीतिक दलका प्रमुखको उपस्थितिमा उम्मेदवारी घोषणा गर्ने निर्णय गरेको हो ।  थापा टिम अहिले टिम निर्माणदेखि घोषणापत्र बनाउन ब्यस्त बनेको छ ।

थापा टिमबाट महासचिवको उम्मेदवार रहनु भएको विनय अधिकारीले अहिले विश्वभरि आफूहरुको पक्षमा माहौल बन्दै गएको बताउनु भयो । उहाँले आफूहरुको टिम सशक्त बनेको बताउँदै ढिलोमा एक साताभित्र औपचारिक उम्मेदवारी घोषणा गर्ने बताउनु भयो ।

अहिले थापा टिमलाई विश्वभरिका नेपाली जनसम्पर्क समितिले धमाधम निर्णय गर्दै आधिकारिक रुपमा समर्थन गरिरहेका छन् । बिहीबार पनि विश्वभरिका जनसम्पर्क समितिमाझ थापा टिमले भब्य अन्तरक्रिर्या कार्यक्रमको आयोजना गर्दैछ ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित