एनआरएनए केन्द्रीय सचिवालयमा बितण्डा मच्चाउने यी दुई भाइ को हुन् ?

एनआरएनए केन्द्रीय सचिवालयमा बितण्डा मच्चाउने यी दुई भाइ को हुन् ?
युरोपनेपाली खबर २०७८ भदौ २३ बुधबार, 08-09-2021


काठमाण्डौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाण्डौंस्थित सचिवालयका कार्यकारी निर्देशक राजेश राणामाथि हातपातको प्रयास भएको छ । राणालाई एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धिसागर सुवेदी र पूर्वअध्यक्ष केशव पौडेलले संघको कार्यालयमै पुगेर राणालाई अभद्र व्यवहार गरेका हुन् । 

अध्यक्ष सुवेदीले एनआरएनएको विधानविपरित सिफारिस गरेका महाधिवेशन प्रतिनिधिहरूको नाम सचिवालयले खारेज गरिदिएपछि आफूमाथि हातपात प्रयास भएको  बताएको छ । स्रोतका अनुसार अनुसार सचिवालयले प्रतिनिधिहरूको नाम सार्वजनिक गरेपछि सुवेदी र पौडेल बालुवाटारस्थित संघको  कार्यालय पुगेका हुन् । राणाले संघको विधान विपरित कुनै पनि काम नभएको भन्दै सुवेदी र पौडेललाई सम्झाउने प्रयास गरेका थिए । 

गैरआवासीय नेपाली संघको विधानअनुसार २५ प्रतिशत प्रतिनिधिहरू निर्वाचनमार्फत चयन हुनुपर्छ । तर सुवेदी र पौडेलले आफ्नो तजबिजिमा प्रतिनिधि छनोट गरेर पठाएपछि संघको पदाधिकारी बैठकले ती प्रतिनिधिहको नाम खारेज गर्दै मंगलबार मतदाता नामावली प्रकाशन गरेको थियो ।

एनआरएनएको विधानअनुसार कुनैपनि राष्ट्रिय संघका जम्मा प्रतिनिधिमध्ये २५ प्रतिशत निर्वाचित हुनुपर्छ । त्यस्तै, ६५ प्रतिशत प्रतिनिधि पुरानो कार्यसमितिले चयन गर्छ । बाँकी १० प्रतिशत मात्र अध्यक्षले चयन गर्न पाउँछन् । तर सुवेदीले निर्वाचित भएर आउनुपर्ने २५ प्रतिशत (४८ जना) आफ्नो तजबिजीमा छानेपछि सचिवालयले अस्वीकार गरेको हो । दशौं महाधिवेशनका लागि एनआरएनए अमेरिकाको प्रतिनिधि संख्या १८९ हो । 

एनआरएनए सचिवालयका अनुसार अमेरिकासँगै अस्ट्रेलिया र युकेमा पनि प्रतिनिधि चयन विधानसम्मत नभएपछि विवाद छ । अस्टेलियाबाट १८२ र युकेबाट १७५ जनाले महाधिवेशनमा प्रतिनिधित्व गर्छन् । विवाद रहेका तीनवटै देशमा कांग्रेस निकट अध्यक्षमा निर्वाचित भएका हुन् । 

हाल नेपालमा रहेका सुवेदी र पौडेल दुवैजना कांग्रेसनिकट हुन् । 

एनआरएनको आगामी नेतृत्वमा जुनसुकै हालतमा कांग्रेसी उमेद्वार जिताउन उनी विभिन्न शक्तिकेन्द्रहरू धाइरहेका छन् । त्यसका लागि उनीहरूले प्रधानमन्त्री निकट व्यक्तिहरूसँग साँठगाँठ गर्ने, कांग्रेस नेता तथा मन्त्री भेट्ने र शक्तिका आडमा निर्वाचनको नतिजा आफ्नो पक्षमा पार्ने प्रयासमा छन् । 

सुवेदी गत मे महिनामा एनआरएनए अमेरिकाको अध्यक्ष निर्वाचित भएका हुन् । उनी निर्वाचित भएको चुनाव निकै विवादित बनेको थियो । सुवेदीले लाखौं डलर खर्च गरेर मतदातको तथ्यांकमाथि पहुँच कायम गर्दै अध्यक्ष निर्वाचित भएका एनआरएन अमेरिकाका एक सदस्यले बताए । 

यसअघि संघको नवौं महाधिवेशनमा उपाध्यक्ष पदमा पराजित भएका पौडेल एनआरएनभित्र पटकपटक विवादमा आइरहने पात्र हुन् । नेपालमा रहँदा कांग्रेको विद्यार्थी संगठनमा सक्रिय पौडेल एनआरएनमा हुने सामान्य विवादमा पनि आफ्नो हैसियत बिर्सेर निकै आक्रामक हुने गरेका छन् । 

पौडेलले दशौं महाधिवेशनमा कुल आचार्य प्यानलबाट महासचिवका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन् । यसअघि, उपाध्यक्ष पदमा लज्जास्पद हार व्यहोरेका पौडेलले महासचिवमा प्रतिस्पर्धा गर्ने घोषणा गरेपछि संघभित्र लज्जाको विषय भएको छ । आचार्य वर्तमान अध्यक्ष कुमार पन्तसँग नवौं महाधिवेशनमा पराजित भएका थिए ।

FOUNDER/CHIEF EDITOR :

RAJ KUMAR THAPA

EUROPE : LISBON, PORTUGAL
: europenepali2020@gmail.com
NEPAL : BANESHWOR, KATHMANDU

Video :

Everest Gautam

Technical Support

Bharat Poudel
© २०१६-२०२० europenepalikhabar.com सर्वाधिकार सुरक्षित